काठमाडौंको खोप कार्यक्रम स्थगित, सरकारले उपलब्ध नगराउने

  २०७८ जेठ २७ गते २०:१०     विकासन्युज

काठमाडौं । काठमाडौं महानगर पालिकाले संचालन गरेको खोप कार्यक्रम स्थगीत हुने भएको छ । गएको मंगलबारदेखि महानगरको ३२ वटै वडामा संचालन हुदै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भए पछि स्थगीत हुनपुगेको हो ।

काठमाडौं महानगर शहरी जनस्वास्थ्य प्रमुख हरि कुँवरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप महाशाखाले काठमाडौं महानगरलाई थप खोप उपलब्ध गराउन नसक्ने भने पछि जारि कार्यक्रम बाध्य भएर रोक्नु परेको बताए । नेपाल सरकारलाई गएको हप्ता मित्रराष्ट्र चीनले १० लाख डोज खोप सहयोग स्वरूप उपलब्ध गराएको थियो । यसरी प्राप्त भएको खोपलाई सरकारले देशै भरि ६० वर्ष भन्दा माथि ६५ वर्ष सम्म उमेर समुहका व्यक्तिलाई लगाउने कार्यक्रम बनाएको थियो ।

सरकारले ६५ हजार डोज खोप उपलब्ध गराउछु भने पछि खोप लगाउने कार्यक्रम सुरु गरेका थियौं अहिले २८ हजारलाई लगाइसके पछि रोक्नु परेको छ जनस्वास्थ्य प्रमुख कुँवरले भने । अब बाँकीलाई कसरि खोप लगाउने कुनै निश्चित नभएको शहरी जनस्वास्थ्य प्रमुख कुँवरले बताए । कार्यक्रम अनुसार काठमाडौं महानगरले गएको मंगलबार देखि पाँच दिनसम्म उमेर समूह अनुसार दिन तोकि खोप कार्यक्रमको तालिका नै सार्वजनिक गरेको थियो । महानगरले आजसम्म करिब २८ हजार जनालाई खोप लगाएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.