तस्विरमा हेर्नुस् शैक्षिक सत्र २०७८ का लागि छापिएका पुस्तकहरु, अब चाँडै विद्यार्थीको हातमा पुग्ने

  २०७८ जेठ २७ गते १८:१६     विकासन्युज

काठमाडौं । शैक्षिक सत्र २०७८ का लागि पाठ्यपुस्तक अभाव नहुने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले बताएको छ । शैक्षिक सत्र २०७८ का लागि आवश्यक पर्ने सम्पूर्ण पाठ्यपुस्तकहरु छपाई भइसकेको र जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालयसम्म पुगिसकेकाले छिट्टै पाठ्यपुस्तक विद्यार्थीहरुको हात हातमा पुग्ने जनक शिक्षा सामग्री केन्द्रका प्रमुख अनिल कुमार झाले बताउनुभयो ।

प्रादेशिक कार्यालयहरुबाट जनक शिक्षा सामग्री केन्द्रमा सुचिकृत १२ सय पुस्तक विक्रेताहरुले देशभरका विद्यालयमा पु¥याउने उहाँले बताउनुभयो । देशभर निषेधाज्ञा भएको अवस्थामा विक्रेताहरु प्रादेशिक कार्यालयमा आएर पाठ्यपुस्तक लैजान नसकेका कारण विक्रि वितरणमा भने समस्या भएको प्रमुख झाले बताउनुभयो । यद्यपी असारको पहिलो सातासम्ममा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने उहाँले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.