पर्यटकीय क्षेत्र लाङ्टाङमा कोरोना परीक्षण सुरु

  २०७८ जेठ २७ गते १३:४४     विकासन्युज

रसुवा । पर्यटकीय क्षेत्र लाङ्टाङको स्वास्थ्य चौकीमा कोभिड १९ को प्रारम्भिक परीक्षण सुरु भएको छ ।

हिउँद यामको अधिकांश समय हुने हिमपातको चिसोपनले सामान्य रूघाखोकी लाग्दासाथ कोरोना सङ्क्रमणकै आशङ्का बढी रहेको वर्तमान अवस्थामा गोसाइँकुण्ड गाउँपालिकाले गाउँघरमै एन्टिजेन परिक्षण गराउने व्यवस्था मिलाएपछि लाङ्टाङका बासिन्दामा उत्साह बढेको छ ।

एन्टिजेन परिक्षणको लागि आफुले धुञ्चे स्थित जिल्ला अस्पतालबाट तालिम लिएको बताउदै लाङ्टाङ स्वास्थ्यचौकीका प्रमुख खम्वु बोहोराले कुनैपनि प्राथमिक उपचारमा आफू २४ सै घण्टा तयार रहेको बताए ।

उच्च क्षेत्रमा बसोवास गर्ने हिमाली बासिन्दा एवं आगन्तुक पर्यटकलाई पर्न सक्ने स्वास्थ्य समस्या स्थानीयस्तरमै समाधान गर्न लाङ्टाङ स्वास्थ्य चौकीबाट एन्टिजेन प्रविधिद्वारा कोरोना परिक्षणको साथै अक्सिजन समेतको व्यवस्थापन भएको छ ।

लाङ्टाङ क्षेत्रमा पुग्ने पर्यटकलाई पदयात्रामा हुन सक्ने श्वास प्रश्वासको समस्या स्थानीयस्तरमै समाधान गर्न यस कार्यले सहज भएको पर्यटन व्यवसायी तेम्वा लामाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.