महालक्ष्मी लाइफ इन्स्योरेन्सले प्रिमियम तिर्दा लाग्ने जरिवाना शुल्कमा छुट दिने

  २०७८ जेठ २७ गते ११:५१     विकासन्युज

काठमाडाैं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बीमालेखको प्रिमियम तिर्दा लाग्ने जरिवाना शुल्कमा छुट दिने भएकाे छ । कम्पनीले हालकाे अवस्थालाई मध्यनजर गर्दै जेठ २७ गतेबाट लागू हुने गरी बीमा शुल्क तिर्दा लाग्ने बिलम्व शुल्कमा छुट दिने व्यवस्था गरेकाे हाे ।

विश्वव्यापी रूपमा फैलिरहेको कोभिड-१९ को संक्रमण तथा नेपालको अधिकांश जिल्लाहरूमा जारी निषेधाज्ञाको कारण बीमितले बीमाशुल्क किस्ता समयमा तिर्न सकेका छैनन् । कतिपयले सार्वजनिक आवागमन बन्द भएको, बैंक शाखाहरू संचालन नभएको तथा समयमा किस्ता तिर्ने रकमको व्यवस्था हुन नसकेको कारण तिर्न असमर्थ रहेका थिए । र, बीमितहरुको यहि समस्यालाई मध्यनजर गर्दै साे छुट दिएकाे हाे ।

यससँगै २०७८ असार मसान्तभित्र बीमाशुल्क किस्ता तिर्ने बीमितलाई निम्न बमोजिमकाे बिलम्व शुल्क छुट दिने कम्पनीले जानकारी गराएकाे छ ।

बीमालेख व्यतित अवधि बिलम्व शुल्कमा हुने छुट
३ महिनासम्म १००%
३ महिना माथि – ६ महिना सम्म ७५%
६ महिनाभन्दा माथि ५०%

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.