वित्तीय विवरण त्रुटिपूर्ण रहेको भन्दै रैराङ हाईड्रोले सच्यायो प्रतिसेयर नेटवर्थ र ईपीएस

  २०७८ जेठ २७ गते ११:२३     विकासन्युज

काठमाडौं । रैराङ हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण त्रुटिपूर्ण रहेको बताएको छ । कम्पनीले आज (जेठ २७ गते) एक सूचना जारी गर्दै यसअघि सार्वजनिक गरिएको वित्तीय विवरणमा प्रतिसेयर नेटवर्थ र ईपीएस (प्रतिसेयर आम्दानी) मा त्रुटि भएको जानकारी गराएको हो ।

कम्पनीले गत बैशाख २० गते तेश्रो त्रैमासिक विवरणको वित्तीय विवरण सार्वजनिक गरेको थियो । त्यसमा प्रतिसेयर नेटवर्थ २०० रुपैयाँ र इपीएस १३.०३ रुपैयाँ उल्लेख गरिएको छ ।

तर आज एक सूचना मार्फत उक्त तथ्याङ्कमा भुलबस गलत भएको कम्पनीले जानकारी गराउँदै सच्याएको छ । जसअनुसार कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थ १०९.०८ . रुपैयाँ र इपीएस ९.१७ रुपैयाँ रहेको जनाईएको छ ।

One comment on "वित्तीय विवरण त्रुटिपूर्ण रहेको भन्दै रैराङ हाईड्रोले सच्यायो प्रतिसेयर नेटवर्थ र ईपीएस"

  • पूर्ण यक्थुङ्बा says:

    ढाँटकाे खेती हाे कि के हाे याे ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.