स्वास्थ्यमन्त्री तामाङसँग करोडौंको सम्पत्ति, १४ ठाउँमा जग्गा, २१ तोला सुन

  २०७८ जेठ २७ गते ७:५३     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन् । उनले साेमबार(जेठ २४ गते) जुम मार्फत पत्रकार सम्मेलनमा आफ्नो सम्पत्ति सार्वजनिक गर्दै पछि वेबसाइटमा राख्ने बताएका थिए ।

उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनको देशको विभिन्न १४ ठाउँमा जग्गा रहेको छ । उनी र उनको श्रीमती उषाकला राईको नाममा पैतृक सम्पत्ति र आफूले जोडेको समपत्ति गरेर २० रोपनीभन्दा धेरै जग्गा छ ।

विवरण अनुसार तामाङको नाममा काठमाडौं र सिन्धुपाल्चोकमा जग्गा छ भने उनको श्रीमतीको नाममा मोरङ र खोटाङमा जग्गा छ । यसको साथै उनको काठमाडौंको गोकर्णेश्वरमा घरसहितको जग्गा पनि भएको उनको विवरणमा उल्लेख छ ।

त्यस्तै, उनले आफूसँग २२ तोला सुन रहेको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.