निषेधाज्ञामा इन्टरनेटकाे गति कछुवा जस्तै, ३० प्रतिशतले बढ्यो खपत

  २०७८ जेठ २७ गते १०:०२     विकासन्युज

काठमाडौं । दोस्रो लहरको कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका तीन जिल्ला सगैँ देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागु गरिएको छ ।

निषेधाज्ञा लागु भएसगैँ अधिकाशं मानिसहरु घरमा नै बसेर काम गरिरहेका छन् भने बालबच्चाहरुले अनलाइन मार्फत कक्षा लिइरहेका छन् । धेरैजसो मानिस घरभित्रमा नै बसेसगैँ इन्टरनेट खपत बढेको छ ।

अन्य समयको तुलनामा निषेधाज्ञा जारी भएसगैँ इन्टरनेट खपत ३० प्रतिशतले बढेको इन्टरनेट सेवा प्रदायकहरु बताउँछन् ।

भौतिक रूपमा कार्यालय तथा विद्यालय सञ्चालन सम्भव नभएपछि अभौतिक गतिविधि बढ्दा इन्टरनेट ब्यान्डविथको खपत बढेको इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) का अध्यक्ष सुधिर पराजुली बताउँछन् ।

उनका अनुसार अन्य समयको तुलनामा घरमा बस्नेले इन्टरनेटको प्रयोग बढी गर्दा ब्यान्डविथ खपत बढेको हो । अन्य समयमा रातको समयलाई पिकआवर भन्ने गरिएकोमा निषेधाज्ञाको समयमा दिनमा नै पिक आवर जस्तै ब्यान्डविथ खपत भइरहेको छ ।

पराजुलीका अनुसार निषेधाज्ञा अघि पिक आवरभन्दा अन्य समयमा औषतमा ६०० जीबीपीएससम्म ब्यान्डविथ खपत हुने गरेकामा हाल उक्ते खपत दिउँसो नै ९०० जीबीपीएससम्म हुने गरेको छ ।

पिक आवरमै भने १ टीबीपीएससम्म इन्टरनेट खपत भइरहेको छ । सामान्यतः साँझ ७ बजेदेखि राति १० बजेसम्मको समयलाई नेपालको इन्टरनेट प्रयोगका हिसाबले पिक आवर मानिन्छ । सामान्य दिनमा यो समयमा इन्टरनेटको प्रयोग दिउँसोभन्दा अत्यधिक बढी हुन्छ ।

नेपालका नेटवर्क सेवा प्रदायक समूहको तथ्यांकअनुसार नेपालभित्र खपत हुने कुल इन्टरनेटमध्ये करिब ८० प्रतिशत ब्यान्डविथ गुगल र फेसबुकमा प्रयोग हुने गरेको छ । यस्तै, गुगलको प्रयोगमा करिब ५० प्रतिशत र फेसबुकमा ३० प्रतिशत ब्यान्डविथ खपत भइरहेको छ ।

यसबाहेक समाचारजन्य अनलाइन सामग्रीमा ८ प्रतिशत, टिकटक, अकामाई र इन्टरनेट सेवा प्रदायकको कन्टेन्टमा २/२ प्रतिशत ब्यान्डविथ खपत हुने पाइएको छ ।

इन्टरनेट खपतमा बृद्धिसगैँ पछिल्लो समय इन्टरनेट निकै स्लाे हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.