फोहोर व्यवस्थापन बिल अब खल्ती डिजिटल वालेटबाट सिधै भुक्तानी गर्न सकिने

  २०७८ जेठ २६ गते १५:०२     विकासन्युज

काठमाडौं । खल्ती डिजिटल वालेटले फोहोर संकलन कम्पनीहरुसँगको सहकार्यमा आफ्ना प्रयोगकर्ताहरूलाई अब खल्तीबाट नि;शुल्क, झन्झटरहित र तुरुन्तै फोहोर व्यवस्थापन बिल भुक्तानी गर्न सकिने सुविधा आफ्नो एपमा ल्याएको छ ।

फोहोर व्यवस्थापन कम्पनी र खल्ती डिजिटल वालेटबीच भएको सम्झौतापछि उक्त सेवा कार्यान्वयनमा आएको हो ।

बिना कुनै अतिरिक्त शुल्क, अब छिटो र सजिलै आफ्नो फोहोर संकलन को बिल तिर्न सकिने भएको छ । हाल खल्तीले यो सेवा उपत्यकाको चार क्षेत्रहरु एक्सन वेस्ट बानेश्वर, एक्टिभ नेपाल बौद्ध, सर्वकल्याण सेवा थानकोट र किल्न नेपालमा मात्र संचालनमा ल्याएको छ ।

आगामी दिनमा चाँडै नै थप कम्पनीहरुसँग सहमति र सहकार्य गरी फोहोर व्यवस्थापन बिल खल्ती मार्फत घरैबाट तिर्न सकिने सुविधा ल्याउने तयारी खल्तीले गरिरहेको जनाएकाे छ ।

यो सेवाको लिन खल्तीको होम स्क्रिनमा रहेको वेस्टमा ट्याप गरी आफ्नो फोहोर संकलन गर्ने कम्पनि छान्नुपर्ने हुन्छ । त्यसपछि, आफ्नो कार्ड नम्बर भरी गेट डिटेल्स बटनमा ट्याप गरेपछि अर्को स्क्रिनमा कुल रकम देखा पर्नेछ । त्यसपछि सबै विवरण ठिक भएको यकिन गरी सिधै बिल भुक्तानी गर्न सकिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.