संस्थापक उपाध्यक्ष शर्माको निधनबाट महासंघ मर्माहत, निर्माण उद्योगमा अतुलनीय योगदान

  २०७८ जेठ २५ गते १९:५३     विकासन्युज

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका संस्थापक उपाध्यक्ष राधाकृष्ण शर्माको उपचारको क्रममा मंगलवार निधन भएको छ । महासंघको स्थापनाकालदेखि नै महत्वपूर्ण योगदान दिएका ८६ वर्षीय शर्माको निधनबाट मर्माहत भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

शर्मा देशको एक प्रतिष्ठित कम्पनीको रुपमा रहेको शर्मा एण्ड कम्पनी प्रा.लि.का संस्थापक थिए । उनले महासंघमा संस्थापक उपाध्यक्ष सहित तीन कार्यकाल कार्य समिति उपाध्यक्ष र दुई पटक सल्लाहकारको भूमिका निर्वाह गरेका थिए । नेपालको निर्माण उद्योगको व्यवसायिक विकासमा अतुलनीय योगदान दिएका शर्मा हाल महासंघको मानार्थ सदस्य थिए ।

शर्मा महासंघले प्रदान गर्ने प्रतिष्ठित ‘एफक्यान ग्लोरी अवार्ड’ बाट समेत सम्मानित भएका थिए । स्वर्गिय शर्माका सुपुत्र रमेश शर्मा महासंघको स्थापनाकाल देखि एसोसिएट सदस्यको रुपमा रहेको शर्मा एण्ड कम्पनी प्रा.लि.का प्रबन्ध निर्देशक, महासंघका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार छन् ।

पशुपति आर्यघाटमा शर्माको शवमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले महासंघको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.