६० देखि ६४ वर्ष उमेर समुहमा खोप अभियान शुरु (फोटो फिचर)

  २०७८ जेठ २५ गते १८:१८     विकासन्युज

काठमाडौै । सरकारले आजदेखि देशैभरी खोप अभियान सञ्चालन गरेको छ ।
६० वर्षदेखि ६५ वर्ष उमेर समुहका जेष्ठ नागरिकलाई लक्षित गरी यो खोप अभियान सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

केही दिन अघि मित्रराष्ट्र चीनले नेपाल सरकारलाई सहयोग स्वरुप दिएको १० लाख डोज खोप उपलब्ध गराएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीले ६० देखि ६५ वर्षको उमेर समुहलाई लगाउने खोप देशैभरीका खोप केन्द्रमा पुगिसकेको बताउनुभयो ।

६० देखि ६४ वर्ष उमेर समुहका करिब ८ लाख मध्ये ५ लाखले खोप लगाउने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.