सेयर बजारमा कर्नरिङ्ग/सर्कुलर ट्रेडिङ्ग भएको संकेत पाएपछि बोर्डले भन्यो- लगानीकर्ता थप चनाखो हुनु

  २०७८ जेठ २५ गते १७:५८     विकासन्युज

काठमाडौं । दोश्रो बजारमा सेयर कर्नरिङ्ग, सर्कुलर ट्रेडिङ्ग भएका गुनासाहरु आएसँगै नेपाल धितोपत्र बार्डले लगानीकर्तालाई थप सजग हुन आग्रह गरेको छ । पछिल्लो समय बजारमा कारोबार वृद्धिसँगै उक्त कृयाकलाप भएको गुनासा आएकाले लगानीकर्ताहरु चनाखो हुन बोर्डले जानकारी गराएको छ ।

त्यस्तै, उक्त गुनासाहरुको सम्बन्धमा बोर्डले अध्ययन शुरु गरेको जानकारी गराउँदै बोर्डका प्रवक्ता निरज गिरीले उक्त अध्ययन सम्पन्न हुन केही समय लाग्न सक्ने बताएका छन् ।

यससँगै उक्त क्रियाकलामा संलग्न नहुन सबैलाई सजग गराउँदै बोर्डले लगानीकर्तालाई विभिन्न पक्षलाई ध्यानमा राखेर मात्रै लगानी गर्न बोर्डले आग्रह गरेको छ । बोर्डले सूचीकृत कम्पनीको प्रतिसेयर आम्दानी, प्रति सेयर नेटवर्थ, मूल्य आम्दानी अनुपात, कितावी मूल्यमा बजार मूल्यको अनुपात, परिसूचक तथा कम्पनीको बजार मूल्य सम्बन्धी प्राविधिक विश्लेषण र संस्थागत सुशासनको अवस्था समेतलाई मूल्यांकन गरी लगानी गर्न लगानीकर्ता अनुरोध गरेको छ ।

नेपाली सेयर बजारमा पनि हुन लागेको हो गेमस्टप र एएमसी जस्तै फण्डा ?

सेयर बजार बढेको अवस्थामा लगानीकर्ताहरुको जोखिमको स्तरपनि बढ्दै जाने भएकाले लगानीकर्तालाई थप चनाखो हुन प्रवक्ता गिरीले आग्रह गरेका छन् । विभिन्न समयमा बजारमा घटबढ देखिसकिएकोले लगानीकर्ताले लगानी गर्दा विभिन्न पक्षहरुको विश्लेषण गरी जोखिम बहन गर्न सक्ने क्षमताअनुसारको लगानी गर्नुपर्ने उनको सुझाव रहेको छ ।

बोर्डको प्राथमिकतामा ७ कामः नयाँ ब्रोकरलाई भित्र्याउनेदेखि एसएमईको लागि छुट्टै प्लेटफर्म स्थापना गर्नेसम्म

बाेर्डले शुरू गर्याे अध्ययन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.