साल्ट ट्रेडिङ २० प्रतिशत छुट दिनबाट पछि हट्यो, उपभोक्ताको भिड बढेकाे भन्दै २ घण्टा मात्रै सामान बिक्री

  २०७८ जेठ २५ गते १०:२८     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पाेरेशनले सरकारले तोके अनुसारको २० प्रतिशत छुट बिहान मात्र दिने निर्णय गरेको छ ।

सीमित वस्तुमा मात्र २० प्रतिशत छुट दिने बताएकाे कम्पनीले उपभोक्ताको भिडभाड बढेको भन्दै बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र छुट दिन लागेको हो ।

आगामी आर्थिक वर्ष २०७७/०७८ को बार्षिक आय व्यक्त वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलल निषेधाज्ञा अबधिभर दुई सरकारी संस्थानबाट खाद्य पदार्थ किन्दा २० प्रतिशत छुट पाइने बताएका थिए ।

‘निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेनिङ कर्पाेरेशनबाट बिक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्याँसको बिक्री मूुल्यमा २० प्रतिशत छुट दिने व्यवस्था मिलाएको छ’, अर्थमन्त्री पौडेलले सार्वजनिक गरेको बजेट वक्तव्य १५ पृष्ठमा भनिएको छ ।

बजेट वक्तव्यमा भनिए अनुसार जेठ १६ गतेदेखि नै उक्त छुट कार्यान्वयनमा आउनुपर्ने थियो । तर दुई सरकारी कम्पनीले विभिन्न बाहना बनाउने बजेट सार्वजनिक भएको ५ दिन अर्थात गत २० गतेदेखि सीमित वस्तुमा मात्र छुट दिन थालेकाे थियाे । अहिले भिडभाड बढेकाे भन्दै २ घण्टा मात्रै छुट दिने घाेषणा गरेकाे हाे ।

साल्ट ट्रेनिङ कर्पाेरेशनले आफ्नाे उत्पादनबाट पाँच जनाको परिवारलाई एक महिनाका लागि पुग्ने सीमित खाद्य पदार्थ सरकारले तोकेको २० प्रतिशत छुटमा दिने जनाएको थियो । कम्पनीले २ किलो पिठो, चिनी, नून, एक लिटर तेल र एक सिलिण्डर ग्यासमा छुट दिने जनाएको थियो । छुट पछि अब पिठोको मूल्य ४४, चिनीको मूल्य ६३, नून १६, तेल प्रति लिटर १८८ र ग्यास प्रति सिलिण्डर एक हजार १२० मा बिक्री गरेको थियो ।
अन्य पसलको तुलनामा धेरै छुट पाएपछि निषेधाज्ञाको बिचमा कम्पनीका बिक्री काउन्टरमा उपभोक्ताको भिड बढेको थियो । ‘निषेधाज्ञाको समयमा सिमित व्यक्ति मात्र आउलान भन्ने अनुमान गरिएको थियो, तर नसोचेको भिड भयो’, कर्पाेरेशनका एक कर्मचारीले भने, ‘कम्पनीले छुट दिन नसक्ने देखेपछि बिहान २ घण्टामात्र बिक्रीको निर्णय गरिएको हो ।’

छुटपछि अब पिठोको मूल्य ४४, चिनीको मूल्य ६३, नून, १६, तेल १८८ र ग्यास ११२० मा पाइनेछ । यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २ किलो कर्णालीको सिमी र ३० किलो चामल (कम्पनीसँग रहेको बासमती र मार्सी बाहेकको चामल) मा २० प्रतिशत छुट दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.