६४ एमपी ट्रेन्डसेटिङ्ग क्यामेरा र एमोलेड डिस्प्ले सहितकाे रियलमी ८ नेपाली बजारमा सार्वजनिक

  २०७८ जेठ २४ गते २०:३५     विकासन्युज

काठमाडौं । विश्वभर तिव्र रुपमा आफ्नो बजार विस्तार गर्दै गएको स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा रियलमी ८ सार्वजनिक गरेको छ । मध्यम रेन्जको नम्बर सिरिज रियलमीको ख्याती प्राप्त सिरिज हो, र यो सिरिज तीन वर्षको अवधिमा ६ वटा जेनेरेसन अपग्रेड र ३ करोड ३० लाख विक्रीका साथ यो मोबाइल फोनको क्षेत्रमा उत्कृष्ट सिरिजका रुपमा देखा परेको छ । रियलमी ८ उत्कृष्ट विकासका साथ ६४ एमपी सेन्सर र नयाँ ट्रेन्डसेटिङ्ग फिचरहरुका साथ बजारमा ल्याइएको छ । यसमा १ हजार निट्ससम्म उच्च ब्राइटनेसको सुविधा रहेको एमोलेड सुपर डिस्प्ले राखिएको छ ।

६४ एमपी एआई क्वाड क्यामेरा, तेजिलो फोटो र उत्कृष्ट रात्रीकालिन फोटो रियलमी ८ को मुख्य क्यामेराको रुपमा, ६४ एमपी क्यामेरा रहेको छ साथै ८ एमपीको ११९ डिग्री वाइड एङ्गगलसहित माइक्रो र ब्ल्याक एण्ड ह्वाइट प्रोटेट लेन्स सहित चार क्यामेरा ट्रेन्डसेटिङ्गका नयाँ फिचर रहेका छन् ।

टिल्ट–सीफ्ट मोडले वास्तविक दुनियाँलाई सानो गरेर देखाउने गरी रोमाञ्चक फोटोग्राफीको आनन्द दिन सक्छ । यसैगरी नयाँ स्तारी मोडले स्योरफायर ब्राइटनेसमा देखिने समस्या र फोटोमा आउने दानाहरु कम गरी गुणस्तरलाई सुधार गर्दछ । यसैगरी रियलमी ८ मा नियोन प्रोट्रेट, डायनामिक वोकेह, नयाँ एआई प्रोट्रेट र अन्य शैलीगत फिचरहरु रहेका छन् ।

१६ एमपी सेल्फी प्रोट्रेट क्यामेरामा एआई ब्युटि, प्रोट्रेट मोड र सुपर नाइटस्केप मोड रहेका छन् । दोहोरो दृश्य भिडियो फिचरले प्रयोगकर्ताका लागि रमाइलो र आकर्षक भिडियो लिन सहयोग गर्छ । यसैगरी यूआईएस म्याक्स भिडियो स्टयावील्याइजेसनले स्थिर र स्मुथ चलायमान भिडियो खिच्न सहयोग पुर्याउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.