३० करोड मुल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै नेपाल चिकित्सक संघ (फोटो फिचर)

  २०७८ जेठ २४ गते १९:२९     विकासन्युज

काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका विभिन्न स्वास्थ्यसंस्थामा ३० करोड मुल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । शनिबार पत्रकार सम्मेलन गरी संघले देशभरका २०० भन्दा बढी स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री प्रदान गरिएको बताएको हो ।

चु ची फाउन्डेशन ताईवानको सहयोगमा चिकित्सक संघले केन्द्रीय अस्पताल, प्रादेशिक अस्पताल, जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र मेडिकल कलेजमा अक्सिजन प्लान्ट, मोनिटर, अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, एचएफएनसी, पिपिई लगायत तिस करोड मुल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.