एक सातामा बैंकको बिजनेसः निक्षेप १३ अर्बले बढ्दा कर्जा ८ अर्बमा सीमित

  २०७८ जेठ २४ गते १४:५३     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाको तेश्रो सातामा निक्षेप संकलन १३ अर्ब रुपैयाँले बढाएका छन् । जेठको दोश्रो सातामा निक्षेप घटाएका बैंकहरुले तेश्रो सातामा भने १३ अर्ब रुपैयाँले बढाएर ३९ खर्ब ६९ अर्ब रुपैयाँ पुर्याएका हुन् । अघिल्लो साता यो रकम ३९ खर्ब ५६ अर्ब रुपैयाँ मात्रै थियो ।

समीक्षा अवधिमा उनीहरुले निक्षेप र कर्जा लगानी दुबैमा वृद्धि गरेका नेपाल बैंकर्स  संघले जनाएको छ ।

यस्तै, सो अवधिमा बैंकहरुको कर्जा लगानी पनि ८ अर्ब रुपैयाँले बढेको छ । अघिल्लो साता ३६ खर्ब २६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकले यो साता अर्थात जेठ तेश्रो सातामा ३६ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गर्न सफल भएका छन् ।

वाणिज्य बैंकहरुले जेठको पहिलो सातामा ३९ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए भने ३६ खर्ब १६ खर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.