सरकार र निजी क्षेत्रसँग भएको सम्पत्ति अभिलेखिकरण गर्न आवश्यकः अध्यक्ष गोल्छा

  २०७८ जेठ २४ गते १३:२८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकार र निजी क्षेत्रसँग भएको सम्पत्ति अभिलेखिकरण गर्न आवश्यक रहेको बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार संघ(नाफिज) ले आयोजना गरेको भर्च्युअ कार्यक्रममा अध्यक्ष गोल्छाले देशमा लगानीमैत्री वातावरण सिर्जना गर्नको लागि सम्पत्ति अभिलेखिकरण आवश्यक रहेको बताएका हुन् ।

‘अहिले कोसँग कति सम्पत्ति छ भन्ने यकिन छैन, सम्पत्ति अभिलेखिकरण नहुँदा भएको सम्पत्ति लगानीको वातावरण बन्न सकिरहेको छैन, निजी क्षेत्र र सरकारसँग भएको सम्पत्तिको अभिलेख राख्न सके उक्त सम्पत्ति लगानी हुने र थप रोजगारी सिर्जना गर्न सकिन्छ, यसमा सरकारले ध्यान दिन आवश्यक छ,’ उनले कार्यक्रममा भने ।

अब सम्पत्तिको अभिलेखीकरण, देशमा रोजगारीको सिर्जना गर्न विदेशी लगानी भित्र्याउन आवश्यक ऐन कानुनको समयानुकुल संशोधन र सार्वजनिक खरिद नियमावलीका केही प्रावधान संशोधन गरेर सरकारले लगानीमैत्री वातावरण सिर्जना गर्नु पर्ने धारणा राखे ।

कार्यक्रममा उनले आगामी आर्थिक वर्ष २०७८/०७९ को बारेमा आफ्नो धारणा राख्दै बजेट सकरात्मक र स्वागतयोग्य भएको धारणा राखे ।
उद्योगीले पहुँचमार्ग बनाउँदा ७५ प्रतिशत सोधभर्ना दिने, स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्ने, डिजेलमा भ्याट छुट दिने, सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्चलाई खर्चमा देखाउन पाउने लगायतका कार्यक्रमहरु सकारात्म भएको उनको प्रतिक्रिया छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.