हवाई इन्धनको मूल्य घटेसगैँ निगमले घटायो कार्गाे उडानको भाडा, अब कति ?

  २०७८ जेठ २४ गते १२:५२     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमले कार्गाे तथा चार्टर्ड उडानको भाडादर घटाएको छ ।

आईतबार रातको १२ बजेदेखि लागुहुने गरी नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएसगैँ निगमले उडान भाडादर घटाएको हो ।

निगमले सोमबारदेखि लागुहुने गरी सुरुवाती चरणमा कार्गोे तथा चार्टर्ड उडानको भाडादर घटाएको छ । निगमका प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार बाईडबडी विमान (एयरबस ३३०) मा साविकको मूल्यको तुलनामा १३ प्रतिशत र न्यारोवडि (एयरबस ३२०) जहाजमा १५ प्रतिशत शुल्क घटाइएको छ ।

नयाँ मूल्य अनुसार वाइडबडी जहाज चार्टर्ड तथा कार्गाे उडानको भाडादर प्रतिघण्टा अमेरिकी डलर १३ हजार ४६० कायम गरिएको छ । यसअघि उक्त जहाजको भाडादर १५ हजार ५२० डलर रहेको थियो । निगमले वाइडबडी जहाजको भाडादरमा २ हजार ६० डलर घटाएको हो ।
यस्तै, न्यारोवडी जहाजको भाडादर प्रतिघण्टा ६ हजार ५८० बनाईएको छ । यसअघि उक्त जहाजको भाडादर ७ हजार ७१० डलर रहेको थियो । निगमले उक्त जहाजको भाडादर १ हजार १३० डलरले घटाएको छ ।

नेपाल आयल निगमले आईतबार साँझ १२ बजेदेखि लागुहुने गरी हवाई इन्धनको मुल्य घटाएको हो । यसअघि अमेरिकी डलर ८९३ प्रतिकिलोलिटर रहेको अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर ७१५ कायम गरिएको छ । निगमले एकैपटक प्रति किलोलिटर अमेरिकी डलर १७८ ले मूल्य घटाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.