मौद्रिक नीतिमार्फत स्थीर व्याजदरको व्यवस्था गर्ने राष्ट्र बैंकको तयारी, पुनरकर्जालाई पनि निरन्तरता

  २०७८ जेठ २४ गते ११:५०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले ऋणीबाट लिने कर्जाको व्याजदर स्थीर बनाउने राष्ट्र बैंकको तयारी रहेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरुले लिने कर्जाको व्याजदर स्थीर बनाउने तयारी गरेको बताएका हुन् ।

सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको भर्च्युअल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘मौद्रिक नीतिको स्थायित्व, सहज वित्तीय प्रणालीको विकास, विद्युतीय भुक्तानीको प्रोत्साहन, वित्तीय प्रणालीलाई सुरक्षित र सहज र वित्तीय पहुँचमा हामी गम्भीर र सचेत छौं, हामीले यी विविध पक्षहरुलाई अध्ययन गरेर बैंकहरुले लिने कर्जाको व्याजदर स्टेवल बनाउने तयारी गरेका छौं,’ उनले भने ।

यस्तै, उनले व्याजदर सँगै तरलता स्टेवल गर्ने बारे पनि राष्ट्र बैंक तयारीमा लागेको बताए । आउने सातादेखि मौद्रिक नीतिको हाम्रो छलफल जुट्ने जानकारी गराउँदै उनले मौद्रिक नीति मार्फत पुनर्कर्जाको पनि निरन्तरता हुने जानकारी गराए ।

‘बजेटमा व्यवस्था भए अनुसार मौद्रिक नीतिमा अझै पनि पुनकर्जाको व्यवस्था गर्नेछौं,तर कति सम्मको गर्ने गर्ने भन्ने बारे भने छलफल गर्दैछौं, अर्थतन्त्र पुनरुत्थानका लागि हामी लागि परेका छौं,’ उनले भने ।

कार्यक्रममा उनले व्यवसायिक सहुलियत कर्जा, शैक्षिक प्रमाणपत्र धितो राखेर दिइने कर्जाका लागि पनि राष्ट्र बैंक बैंक वित्तीय संस्थाहरुसँग सहकार्य तथा समन्वय गरेर अगाडि बढिरहेको बताए । यसबारे निश्चित प्रावधानहरु सार्वजनिक गरेर कर्जा प्रवाह हुने उनकाे भनाइ छ ।

‘व्यवसायिकता निरन्तरता कर्जा गत वर्षको लागि नयाँ स्कीम हो, गत मंसिरमा गएर मात्रै यो कार्यक्रमको एप्रुभ भएको हो, त्यसैले पनि गत वर्ष सोचे जस्तो गएन, अब यो वर्ष पनि यसलाई निरन्तरता दिन्छौं,’ उनले भने, ‘वित्तीय व्यवस्थापनका लागि राष्ट्र बैंक गम्भीर रुपले काम गरिरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.