प्राइम बैंकका अध्यक्ष राजेन्द्रदास क्षेष्ठले गरे शपथ ग्रहण

  २०७८ जेठ २३ गते १८:५६     विकासन्युज

काठमाडौं । प्राइम कमर्शियल बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले आज(जेठ २३ गते) नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट अर्को कार्यकालको लागि अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन् ।

अध्यक्ष क्षेष्ठले अर्को कार्यकालको लागि निरन्तरता पाएका हुन् । गत जेठ १४ गते बसेको बैंक संचालक समितिको बैठकले संचालक समितिको सदस्यको पदावधि कायम रहेसम्म श्रेष्ठलाई नै संचालक समितिको अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको थियो ।

उक्त समारोहमा डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, डेपुटी गभर्नर बम बहादुर मिश्र, निर्देशक एवं बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

प्राइम बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले पाए निरन्तरता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.