पूर्व मन्त्री पोखरेल र ज्ञवालीले गरे सम्पत्ति सार्वजनिक, १० लाख पार्टीलाई बुझाए ? कसको कति सम्पत्ति ?

  २०७८ जेठ २३ गते ११:०८     विकासन्युज

काठमाडाैं । पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल र पूर्व परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन् । दुवै जना पदमुक्त भएसँगै उनीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गरेका हुन् ।

ज्ञवालीले परराष्ट्रमन्त्रीबाट हटेकै दिन शुक्रबार राति सम्पत्ति विवरण सार्वजनिक गरेका थिए भने पाेखरेलले आज सार्वजनिक गरेका हुन् । ज्ञवालीले साढे तीन वर्षको अवधिमा विदेश भ्रमण वापतको लेभी ३ लाख १४ हजार ९३० रुपैयाँ, र पारिश्रमिक वापतको लेभी ६ लाख २० हजार रुपैयाँगरी जम्मा ९ लाख ३४ हजार ९३० रुपैयाँ बुझेको बताएका छन् ।

उक्त रकमबाट पार्टी खातामा जम्मा भएको र कर कट्टीपछि ३ लाख ७२ हजार ४११ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको उल्लेख गरेका छन् ।

हाल उनको खातामा ७ लाख ४१ हजार ७७५ रुपैयाँ ६० पैसा, केही घरायसी सामानका साथमा २ सय जति पुस्तक बाहेक अरु सम्पत्ति नथपिएको उनको भनाइ छ ।

यस्तै, पूर्व उप-प्रधानमन्त्री पाेखरेलले  २०७४ फागुन १४ गतेदेखि २०७७ असोज २८ गतेसम्म (२ वर्ष ७ महिना १४ दिन ) नेपाल सरकारको रक्षा मन्त्री र तत्पश्चात २०७८ जेठ २१ गतेसम्म ९७ महिना २३ दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने जिम्मेवारीमा रहँदा गरेकाे सम्पत्ति सार्वजनिक गरेका हुन् ।

उनले कोभिड संक्रमितहरूको उपचारका लागि सरकारको औपचारिक निर्णय अनुसार ७ महिनाको पारिश्रमिक ४ लाख ५६ हजार ४ सय कोभिड कोषमा बुझाएको बताएका छन्।

सुविधा प्राप्त गरेवापत राज्यलाई बुझाउनु पर्ने सबै किसिमका दायित्वहरू पुरा गरेको पनि उनले बताए ।  मन्त्री हुँदा प्राप्त सबै सेवा सुविधाहरू सम्वन्धित ठाउँमा आइतवार बुझाएकाे पनि उनकाे भनाइ छ ।  यस अवधिमा पार्टीको कोषमा ६ लाख ५ हजार बुझाएकाे उनले उल्लेख गरेका छन् । उनले पुल्चोकस्थित मन्त्री क्वार्टर २२ गते शनिवार नै खाली गरिसके पनि बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.