छाक टार्न समेत गाह्रो परेका मजदुरहरुलाई हाम्रो टिम नेपालको राहत वितरण कार्यक्रम (फोटो फिचर)

  २०७८ जेठ २२ गते १८:२७     विकासन्युज

निषेधाज्ञाका कारण बिहान बेलुकी छाक टार्न समेत गाह्रो परेका मजदुरहरुलाई हाम्रो टिम नेपालले राहत वितरण गरेको छ ।

निषेधाज्ञाका कारण काम नपाइ बिहान बेलुकी छाक टार्न समेत नसकेका श्रमिक तथा मजदुरलाई शनिबार हाम्रो टिम नेपालले राहत वितरण गरेको हो । उपत्यकाका विभिन्न स्थानबाट राहतका लागि आएका मजदुरहरुलाई १५ किलो चामल, ३ किलो दाल र १ लिटर तेल राहत स्वरुप वितरण गरीएको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताउनुभयो ।

शनिवार मात्रै ४०० भन्दा बढीलाई राहत वितरण गरिएको उहाँले जानकारी दिनुभयो । हाम्रो टिम नेपालले अप्ठ्यारोमा परेका श्रमिक, मजदुर वर्गलाई निःशुल्क खाना खुवाउँदै आएको छ भने राहत पनि वितरण गर्ने गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.