निषेधाज्ञा खुकुलो भएसँगै भीडले कोरोनालाई जिस्क्यायो (फोटो फिचर)

  २०७८ जेठ २१ गते ११:०५     विकासन्युज

काठमाडौं । कोभिड-१९ संक्रमण नियन्त्रणलाई ध्यानमा राख्दै गत बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । एक साता (गत जेठ १३ गतेदेखि २० गतेसम्म) कडाई गरिएको निषेधाज्ञा आजदेखि केही खुकुलाे पारिएको छ ।

उपत्यकाको तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले आजदेखि निषेधाज्ञा केही खुकुलो पार्दै लम्ब्याउने निर्णय गरेको हो । शुक्रबारदेखि जेठ ३१ गतेसम्म थप गरिएको निषेधाज्ञाको आदेशमा किराना तथा खाद्यान्न पसल सञ्चालन गर्न पाइने उल्लेख छ ।

यसअघि पसल सञ्चालनमा रोक लगाइएको थियो । यसपाली भने तरकारीलगायत किराना पसल, खाद्यान्न, तथा डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी मात्र) बिहान ९ बजेसम्मका लागि खुला गरिएको छ । अनलाइनबाहेकका शैक्षिक गतिविधिमा रोक लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.