विद्युतीय कार दिगाे इ८ काे मूल्य घट्याे, २१ लाख ९४ हजारमा तत्काल पाइने

  २०७८ जेठ २० गते १५:००     विकासन्युज

काठमाडाैं । विद्युतीय सवारी ब्रान्ड दिगोले दिगो इ८, विद्युतीय ह्याचब्याक कारको मूल्य घटाएको छ । विद्युतीय सवारी साधनको आयातमा लाग्ने महसुल र अन्तःशुल्क घटेसँगै कम्पनीले आफूसँग स्टकमा रहेका कारको मूल्य परिमार्जन गरेको छ ।

सरकारले गरेको यस सकारात्मक कदमको सर्हाना स्वरूप स्टकमा रहेको गाडीको समेत मूल्य परिमार्जन गरिएको दिगो इ८ कार खरिदकर्तालाई तत्कालै डेलिभरी गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीले कारकाे नयाँ मूल्य २१ लाख ९४ हजार ५०० तोकिएको जनाएको छ ।

नयाँ बजेटमा विद्युतीय सवारी साधानको भन्सार महसुल र अन्तःशुल्क घटाउने घोषणा भएसँगै कम्पनीले दिगो इ८ काे मूल्य परिमार्जन गरेकाे हाे । दिगो इ८ यस सेग्मेन्टको ज्यादै लोकप्रिय कार हो ।

दिगो इ८ को पहिलो लट बिक्री भएपछि कम्पनीले बजेटअघि नै दोस्रो लट आयात गरेको थियो । सरकारले विद्युतीय सवारी साधनमा लाग्ने कर कटौती गरेपछि कम्पनीले आफूसँग स्टकमा रहेका गाडीहरु मूल्य घटाएर बिक्री गर्ने निर्णय लिएको हो ।

अहिले दिगो ग्रुपले स्टकमा रहेका सवारी साधनहरु घटाइएको मूल्यमा बिक्री गर्ने घोषणा गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.