महिला उद्यमीहरुलाई आधुनिकीकरण र सशक्त बनाउन योगदान पुर्याउँदै खल्ती

  २०७८ जेठ २० गते ११:१२     विकासन्युज

काठमाडाैं । युएनसिडिएफ र युएनिसकेपसँगकाे सहकार्यमा खल्तीले घरेलु, सानो तथा मध्यम व्यवसाय गर्ने महिला उद्ममीलाई प्रशिक्षण दिइरहेकाे छ । प्रशिक्षण मार्फत खल्तीले महिला उद्यमीहरुलाई आर्थिक रूपमा अझ बढी स्वतन्त्र बनाउने उद्देश्य लिएको जनाएकाे छ ।

खल्ती डिजिटल वालेटका परियोजना संयोजक प्रभात कुमार झाले महिलाले नेतृत्व गरेको व्यवसायहरुलाई सशक्त र डिजिटाइज गर्न सानो योगदान पुर्याउन पाउनु खल्तीकाे लागि ठूलो सम्मानको कुरा भएकाे बताए । ‘हामीलाई विश्वास छ कि हाम्रो प्रशिक्षणले वहाँहरुको व्यवसायलाई प्रभावकारी रूपमा वृद्धि गर्न थप मद्दत मिलेको छ,’ उनले बताए ।

आफुहरुले सेवा र उत्पादनहरूको निःशुल्क डिजिटल मार्केटिंग प्रदान गर्न र बिक्री बढाउनका लागि हाइपरलोकल मार्केट अर्थात् खल्ती बजारमा पनि उद्यमीहरुलाई ल्याएका झा बताउँछन् ।

यस कार्यक्रमलाई थप प्रोत्साहित गर्नका लागि खल्तीले विभिन्न बैंकहरुसँग सहकार्य गरि धेरै महिलाहरुलाई निःशुल्क बैंक खाता बनाउन सहयोग गर्दै आइरहेको छ। यस कार्यक्रमले महिला व्यवसायीहरुलाई हरेक व्यापारिक कारोबार सजिलै डिजिटल माध्यमबाट गर्न प्रशिक्षण तथा तालिम प्रदान गरेको छ।

त्यसैगरी महिलाको नेतृत्वमा संचालन भईरहेको व्यवसायका लागि पनि खल्तीले प्रत्येक टप–अपमा ४% क्यासब्याक प्रदान गरेको छ । यसबाहेक, खल्तीले महिला उद्यमीहरुको व्यवसाय प्रवर्द्धन गर्न र झन्झटरहित भुक्तानीको लागि ५०० एसएमएस र निःशुल्क खल्ती क्यूआरहरू पनि उपलब्ध गराईरहेको छ।

खल्ती डिजिटल वालेटले अहिले पनि साना व्यवसायहरुलाई कसरी डिजिटाइज गर्ने विषयमा
प्रशिक्षण संचालन गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.