क्यारेन्टिन होटलका रुपमा पर्यटकदेखि पाँचतारे स्तरका होटल सूचिकरण, शुल्क निर्धारणको जिम्मा होटललाई

  २०७८ जेठ १९ गते १३:३३     विकासन्युज

काठमाडौं । विदेशबाट नेपाल आउने यात्रुकाई राख्न सरकारले ७८ वटा होटललाई क्यारेन्टिन होटल बनाईएको छ । पर्यटन विभागले पर्यटक स्तरदेखि पाँचतारे स्तरका होटललाई क्यारेन्टिन होटलका रुपमा सूचिकरण गरेकोे होे ।

विभागले बुधबार होटलको नाम सार्वजनकि गर्दै विभागमा दर्ता भएका होटललाई क्यारेन्टिन होटल बनाईएको जनाएको छ । विभागको सूचना अनुसार पाँच तारे स्तरका होटलमध्येमा क्यारेन्टिन होटलका रुपमा सांग्रीला, र्याडिशन, होटल याक एण्ड यती, हायात होटल, सोल्टी, अलप्ट र एभरेष्ट होटल रहेका छन् ।

यसअघि नै एयर बबल अवधारण अनुरुप नेपाल भित्रनेहरुका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले ८ वटा होटललाई क्यारेन्टिन होटल बनाईसकेको छ । उक्त होटलका लागि प्रतिदिन तीन हजारसम्म शुल्क समेत तोकिएको थियो । विभागले मन्त्रालयले सर्वावजनिक गरेको ८ होटल सहित ७८ वटा होटलको नाम सार्वजनिक गरेको हो ।

भारतबाट आउनेले प्रतिदिन तीन हजार शुल्क तोकिएपनि हाल सार्वजनिक गरिएको क्यारेन्टिन होलटको शुल्क भने सार्वजनिक गरिएको छैन ।
यसपालि पाँचतारे होटललाई समेत क्यारेन्टिन होटलका रुपमा बनाईएको भन्दै शुल्क नतोकिएको विभागका महानिर्देशन रुद्रसिंह तामाङ बताउँछन् । उनका अनुसार ती होटलमा पाहुना राख्न शुल्क तय गर्ने जिम्मा सम्बन्धित होटलाई नै दिइएको छ ।

सरकारले भारत लगायत अन्य देशबाट आउने यात्रुलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको छ । यस्तै, खाडी मुलुकाबाट आउनेले पाँच दिन बसे पुग्छ भन विशेष परिस्थिति भएकालाई होम क्वरेन्टिनमा पठाउने व्यवस्था पनि गरेको छ ।

विभागले सार्वजनिक गरेको सूची अनुसार ७ वटा पाँचतारे, ३ वटा चारतारे, ७ वटा तीनतारे, ५१ वटा पर्यटक स्तरका र बाँकी २ वटा रिसोर्ट स्तरका होटल रहेको छ ।

भारत बाहेक तीन देशबाट अाउने यात्रुका लागि विभागले क्यारेन्टिन हाेटलकाे नाम सार्वजनिक गरेकाे हाे । बिहीबारदेखी कतार, टर्कीमा नियमित उडान खुल्ला गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.