अब आइफोनमा पनि भोल्टी चल्ने, यसरी गर्नुस एक्टिभ

  २०७८ जेठ १९ गते ११:३६     विकासन्युज

काठमाडौं । आईफोनमा नेपाल टेलिकमको भीओएलटीई सेवा उपलब्ध भएको छ । यसअघि अन्य ब्राण्डका फोन सेटहरुमा भीओएलटीई सेवा सुचारु भएपनि आईफोनमा सुचारु भएको थिएन ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले मंगलबार सामाजिक सञ्जाल मार्फत आईफोनमा उक्त सेवा सुचारू भएको जनाएका छन् ।

टेलिकमले नेपालमा पहिलोपटक फोरजी सेवा सार्वजनिक गर्दासमेत आईफोनमा यस्तै समस्या देखिएको थियो ।

यसरी गर्नुहोस एक्टिभ

टेलिकमको भीओएलटीई सेवा एक्टिभ गर्न आफ्नो मोबाइलमा *444# डायल गरी अंक २ थिचेर यो सेवा एक्टिभ गराउन सक्छन् । त्यसपछि आफ्नो मोबाइलको सेटिङमा गएर भीओएलटीई अन गरेर *111# डायल गरी १०० मिनेट भीओएलटीई कल निःशुल्क पाउन सकिन्छ ।

यस्तै आईफोनका ग्राहकले भने १४४४ डायल गरी प्राप्त निर्देशनका आधारमा उक्त सेवा एक्टिभ गर्न सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.