दैनिक १० करोड बढी कारोबार हुने अनलाइन व्यवसाय ठप्प

  २०७८ जेठ १८ गते १५:३४     विकासन्युज

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण अनलाइन व्यवसाय अर्थात इकर्स ठप्प भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीहरुले गतसाता सबै व्यापार व्यवसायसँगै अनलाइन व्यवसाय पनि बन्द गर्ने निर्णय गरेसँगै ईकमर्स व्यवसाय ठप्प भएको हो ।

कोरोना महामारीका कारण सरकारले लगाएको लकडाउनका कारण नेपालमा अनलाइन कारोबार फस्टाएको थियो भने अनलाइन व्यापार गर्ने सर्वसाधारणहरुको संख्या पनि बढेको थियो । तर गत साताको निर्णय अनलाइन व्यापार पनि ठप्प भएको हो ।

केही हप्ता अगाडि दैनिक १० करोडभन्दा बढी कारोबार हुने अनलाइन व्यवसाय अहिले ठप्प भएको हो । केही साताअघि मात्रै अनलाइन व्यापार निर्वात रुपमा सञ्चालन भइरहेका थिए । सरकारले पनि अनलाइन व्यापारलाई प्रोत्साहन गरेका कारण खाद्यान्न स्टोर, रेस्टुरेन्ट, इलोक्ट्रोनिक पसल, लत्ताकपडाका पसल, सौन्दर्य सामग्री, तरकारीलगायत सामग्री अनलाइनबाट खरिद–बिक्री हुन थालेका थिए ।

त्यस्तै, बिजुली, पानी, बिमाशुल्क भुक्तानी, स्कुलको फी भुक्तानीलगायतका बिल भुक्तानीका लागि पनि अनलाइनकै प्रयोग गरिन थालिएको छ । तर, अहिले भने होम डेलिभरीमा प्रतिबन्ध गरेसँगै व्यवसाय ठप्प भएको हो । सरकारले कोरोना भाइरसको संक्रमणदरलाई ध्यानमा राख्दै होम डेलिभरीको बन्द गरेको हो ।

ईकमर्स एशोसिएसन अफ नेपालका महासचिव बदन बहादुर भण्डारीले अहिले अनलाइन व्यवसाय ठप्प नै भएको प्रतिक्रिया दिए ।
‘निषेधाज्ञाको समयमा पनि हामीले स्वास्थ्य मापदण्डहरु अपनाएर काम गर्दै आइरहेका थियौं, तर गत हप्ता एक्कासी बनद गरियो, यो समयमा ईकमर्स व्यवसाय ठप्प नैछ,’ उनले भने ।

उनका अनुसार हाल नेपालमा करिब १० हजार ईकमर्स व्यवसायहरु छन् । त्यसमा ४० हजार हाराहारीमा कर्मचारी रहको उनको भनाई छ । उनका अनुसार प्रत्येक अनलाइनले कम्तीमा पनि १० जनालाई रोजगारी दिएका छन् ।

विक्रेता र क्रेता पनि प्रत्यक्ष रूपमा भेटघाट नभई इन्टरनेटका माध्यमबाट वस्तु वा सेवा खरिद–बिक्री गरिने कार्य नै अनलाइन व्यापार (इ–कमर्स) हो । यसमा विश्वको कुनै पनि कुनामा रहेको विक्रेता वा क्रेताले अर्को ठाउँमा बसेर सामान खरिद वा बिक्री गर्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.