मौसम खुलेसँगै सगरमाथा आरोहण पुनः सुरु

  २०७८ जेठ १७ गते ११:१७     विकासन्युज

काठमाडौं । खराब मौसमका कारण रोकिएको सगरमाथा आरोहण पुनः सुरु भएको छ । मंगलबार मौसम सफा भएसगैँ आरोहीहरु चुचुरोतर्फ लागेको पर्यटन विभागले जनाएको छ ।

विभागका अनुसार मंगलबार ६० भन्दा धेरै ओरोहीहरु आरोहणको क्रममा रहेका छन् । आधार शिविरमा आरोहणको पर्खाइमा बसेका आरोहीहरुले अबको दुई तीन दिनभित्र आरोहण सम्पन्न गरिसक्नुपर्ने जनाईएको छ ।

यसअघि खराब मौसमका कारण सगरमाथा क्षेत्रमा हिउँ पर्दा क्याप ४ सम्म पुगेका आरोहीहरु आधार शिविरमा झरेर बसेका थिए ।

मौसम सफा भएसगैँ पुनः आरोहीहरु आधार शिविरबाट माथि लागेको जानकारी आएको विभागको निर्देशक मीरा आचार्य बताउँछिन् । उनका अनुसार अनुमति लिएका मध्ये अधिकाशं आरोहीहरुले आरोहण सम्पन्न गरिसकेका छन् ।

खराब मौसमका कारण यस सिजनको सगरमाथा आरोहीण तीन चरणमा भएको छ । मौसमकै कारण दुई पटक सम्म रोकिएको आरोहण पुनः सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.