बहराइनका राजकुमारको समूहलाई लिन विशेष विमान काठमाडौं आउँदै

  २०७८ जेठ १७ गते ११:०२     विकासन्युज

काठमाडौं । बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफा सहितको समूहलाई लिन सोमबार विशेष विमान काठमाडौं आउने भएको छ ।  सगरमाथा आरोहण गर्न गत चैत २ गते नेपाल आएका १६ जनाको समूह मंगलबार बिहान स्वदेश फर्कन लागेका हुन् ।

राजकुमार सहितको समूलाई लिन बहराइनको विशेष विमान काठमाडौं आउने जानकारी आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । साँझ ५ बजे आउने उक्त विमान मंगलबार हिबान फर्कनेछ ।

राजकुमार सहितको टोलीले गत बैशाख २८ गते बिहान ६ः४० बजे विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको थियो । उचाई बढेपछिको पहिलो आरोहण नै राजपरिवारका सदस्यसहितको समूहले गरेको थियो ।

बहराइनका राजकुमार खलिफासहित १६ जनाको टोली सगरमाथा आरोहणमा गएको थियो । उक्त आरोहण टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स)मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहेका थिए ।

बहराइनका राजकुमार खालिफासहितको टोलीले अघिल्लो वर्ष लोबुचे र मनास्लु हिमालको सफल आरोहण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.