नेपाल एयरलाइन्समा रणनीतिक साझेदार भित्र्याईने

  २०७८ जेठ १५ गते १८:३४     विकासन्युज

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको क्षमता विस्तारका लागि खुल्ला प्रतिस्पर्धाबाट रणनीतिक साझेदारी भित्र्याउने भएको छ ।

यसअघि समेत उक्त तयारी भएकोमा कर्मचारीको आन्दोलनपछि रोकिएको थियो । सरकारले निगमको क्षमता विस्तारका लागि उक्त निर्णय गरेको हो ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् । प्रतिनिधि सभा नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.