ताप्लेजुङको सुकेटारस्थित विमानस्थल अब ‘रविन्द्र अधिकारी विमानस्थल’

  २०७८ जेठ १५ गते १८:१९     विकासन्युज

काठमाडाैं । सरकारले ताप्लेजुङको सुकेटारस्थित विमानस्थललाई स्व. रविन्द्र अधिकारी विमानस्थल नामाकरण गरेको छ । तत्कालीन पर्यटन मन्त्री अधिकारीको सम्मानमा सरकारले  उक्त विमानस्थलको नामाकरण गरेको हाे ।

उनको २०७५ साल फागुन १५ गते ताप्लेजुङको पाथिभरामा हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो ।

मन्त्री अधिकारीसगैँ मृत्यु भएका यती सूमहका संस्थापक स्व.आङछिरिङ शेर्पाको नामबाट चुहानडाँडा विमानस्थलको नाम राखिएकाे छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक २०७८/७९ को वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।

प्रतिनिधि सभा नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.