तीन देशमा जेठ १८ गतेदेखि सातामा एक अन्तर्राष्ट्रिय उडान खुल्दै

  २०७८ जेठ १४ गते ७:४२     विकासन्युज

काठमाडौं । सरकारले तीन देशमा सातामा एक वटा अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १८ गतेदेखि चीन, कतार र टर्कीमा उडान खुला गर्ने निर्णय गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले सबै गन्तव्यमा सुरक्षा मापदण्डलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय उडान खुला गर्ने प्रस्ताव लगेको थियो । मन्त्रालयको प्रस्तावका आधारमा सरकारले तीन गन्तव्यमा उडान खुलाको निर्णय गरेको हो ।

नियमित उडान बन्दको समयमा चार्टर उडानमा वायुसेवा कम्पनी र एजेन्टको मिलोमतोमा तीन गुणा सम्म भाडा लिएर यात्रुलाई ठगिने गरेको जस्ता गुनासो बढेपछि मन्त्रालयले उडान खुला गर्ने प्रस्ताव लगेको थियो ।

आगामी जेठ १८ गतेदेखि कतारको राजधानी दोहा, टर्किको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । तीनै देशमा सातामा एउटा उडानमात्र खुला गरिनेछ ।

यस्ते बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले कोरोना विरुद्धको दुवै डोज खोप लगाएका तथा पीसीआर नेगेटिभ भएका यात्रुलाई विमानस्थलबाटै १० दिन होम क्वारेन्टाइन बस्ने सर्तमा छाड्ने निर्णय गरेको छ । एउटा खोप बाँकी भएको तर पीसीआर नेगेटिभ भएका यात्रुले तीन दिन काठमाडौंका होटलमा आफ्नै खर्चमा क्वारेन्टाइन बस्नु पर्नेछ ।

खोप नलगाएको तर पीसीआर नेगेटिभ आएकाले १० दिन अनिवार्य आफ्नै खर्चमा होटलमा बस्नुपर्नेछ ।

तीन गन्तव्यका लागि सातामा एक वटा अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय भएपनि आन्तरिक उडानको विषयमा कुनै निर्णय भएको छैन ।
वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएको सरकारले वैशाख २० मा आन्तरिक र २३ गते रातीदेखि भारतबाहेक अन्य मुलुकका हुने गरेको नियमित अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।

यसअघि नै जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द भएतापनि आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गरिएको छ ।

गत बैशाख २३ गतेदेखि नै अन्य गन्तव्यमा अन्तर्राष्ट्रिय उडान बन्द भएतापनि भारतको नयाँदिल्लीमा साताको २ वटा उडान हुँदै आएको छ ।
एयर बबल अवधारण अन्तरगत नेपाल वायुसेवा निगमले बुधबार र एयर इण्डीयाले शुक्रबार उडान गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.