२०७८ जेठ १३ गते १६:३० सुशिल घिमिरे ‘त्रैलोक्य’
अहिले नेपालमा कोरोना भाइरस संक्रमणको कारणले दिनानुदिन संक्रमित हुनेको संख्या, मुत्यृ हुनेको संख्या र निको हुनेको संख्या कहिले बढेको र कहिले अलिकति घट्न थालेको हो कि हो कि जस्तो भएपनि घट्दो क्रममा छ भनेर ढुक्क हुने अवस्था भने छैन । करिब छ/सात हजारको हाराहारीमा दिनैपिच्छे संक्रमित हुनु र सालाखाला दैनिक एक सय पचासको मूत्यु हुनुले भोलिका दिनमा यसले कस्तो रुप लिन्छ भन्न सकिने अवस्था नरहेको प्रस्ट छ ।
कोरोनाको कारणले नेपालको अर्थतन्त्र मात्र होइन, विश्वकै अर्थतन्त्रमा ठूलो धक्का लागेको कुरामा दुईमत छैन । विगत एक वर्षदेखि कोरोना निर्मुल नभएको, एक्कासी निर्मुल हुने अवस्था पनि नरहेको वर्तमान समयमा विश्व र नेपाल सामु आजको प्रमुख तत्काल चुनौति भनेको नै यो भयावह स्थितिबाट कसरी उम्कने भन्ने नै हो । र, विश्वको एकजुटता र सवैको इच्छाशक्तिले एकदिन कोरोनालाई पराजित गर्छौं भन्ने उच्च मनोवलका साथ अगाडि वढेका हामी एकदिन यो पराजित हुनेछ भन्ने कुरामा पनि आशावादी नै छौं । त्यसैले आजको दिनमा हामी सवैले आ–आफ्नो मनोवल उच्च बनाई अगाडि बढ्नुपर्ने देखिन्छ ।
यो भयावह स्थितिमा आफ्नो मात्र होइन, आफ्नो वरिपरिका छिमेकी, साथीभाइ, इस्टमित्र सवैलाई हतोत्साही हुन नदिई सहयोगको भवानाले अगाढि बढ्नुपर्ने देखिन्छ भने राज्यले पनि देशवासीलाई मनोवल गिर्न नदिन नेपाल प्रहरी, नेपाली सेना, बैंक तथा वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारी, स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारी लगायत अग्रभागमा रहेर काम गर्ने सबैले उच्च मनोबल बनाउन आवश्यक छ ।
अत्यावश्यक क्षेत्रमा काम गरेपछि खटिनु त पर्छ नै भन्ने अभिप्रायले र त्यो मानकिकताभन्दा पनि सवै नागरिक मेरा लागि बरावर हुन् भन्ने सोच्न आवश्यक छ । सबैलाई मैले हेर्नु पर्छ, यो मेरो दायित्व हो र यो महामारीको बेला मैले अत्यावश्यक क्षेत्रमा खटिने कर्मचारी बाहेक सवैलाई बचाउन र ज्यानको सुरक्षा गर्न घरमै बस्ने वातावरण बनाएको छु, अग्रभागमा बसेर काम गर्नेलाई अनिवार्य उपस्थित हुन लगाएको छु तर, उनीहरु पनि मेरा बराबरीका नागरिक हुन, काम त गर्नुपर्छ तर, भोलिका दिनमा केहि भइहाल्यो भने उनीहरुमा आश्रित परिवारको जिम्मा मैले लिनुपर्छ भन्ने भावनाले आजको दिनमा सरकार अगाडि बढ्नु पर्ने हुन्छ ।
ऋण लिएको व्यक्तिको कोभिड नियन्त्रण र रोकथामको लागि अग्रभागमा काम गर्दा गर्दै वा सरकारको आदेशले अत्यावश्यक सेवा प्रवाह गर्दा गर्दै उनीहरुको मृत्यू भयो भने त्यस्तो व्यक्तिसँग आश्रित परिवारको आर्थिक भविश्य के हुने ?
अहिले अत्यावश्यक सेवाका तमाम कर्मचारीहरु भोलि कोरोनाको कारणले मरिन्छ कि मात्र भनेर बस्नु हुँदैन । धेरै यस्ता काम गर्ने सरकारी कर्मचारी, जो कर्मचारी संचयकोषबाट ऋण सुविधा लिएर जग्गा किनेका, घर बनाएका छन् । अब मानौं जिम्मेवारी बहन गर्दागर्दै कोरोना लागेर मृत्यु भएमा उक्त ऋण परिवारले कसरी तिर्ने ? के ऋण मिनाहा हुन्छ ? त्यति मात्र कहाँ हो र, बैंक तथा वित्तीय क्षेत्रमा काम गर्ने अधिकांशले त ऋण लिएकै हुन्छ । ऋण लिएको व्यक्तिको कोभिड नियन्त्रण र रोकथामको लागि अग्रभागमा काम गर्दागर्दै वा सरकारको आदेशले अत्यावश्यक सेवा प्रवाह गर्दागर्दै उनीहरुको मृत्यू भयो भने त्यस्तो व्यक्तिसँग आश्रित परिवारको आर्थिक भविष्य के हुने ?
बैंक वित्तीय संस्था वा कर्मचारी संचयकोषबाट ऋण लिएर सानोतिनो घर बनाएर आफ्नो परिवार राख्दै आएका सरकारी कर्मचारी, बैंक वित्तीय संस्थामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्ता कोभिड नियन्त्रण, रोकथाम र उपचारको लागि अग्रभागमा उभिएका व्यक्तिहरु र अत्यावश्यक सेवा प्रवाह गरिरहेका व्यक्तिहरु नै कोभिड संक्रमणबाट मृत्यूको मुखमा पुगे भने उसको आश्रित परिवारले के पाउने ? एउटा त परिवारको अभिभावक गुमाएको हुन्छ, अर्काे कुरा परिवारको कमाई गर्ने प्रमुख व्यक्ति नै गुमेको हुन सक्छ । यस्तो बेला काम लगाउने तर आर्थिक सुनिश्चितता खै ? कसैले ऋण लिएर घर बनाएको रहेछ, ऋण लिने व्यक्तिको अत्यावश्यक सेवा प्रवाह गर्दागर्दै कोभिडको कारण मृत्यू भयो, गम्भीर स्वास्थ्य समस्या आएर थप काम गर्न वा कमाउन नसक्ने भयो भने त्यस्तो व्यक्तिको परिवारलाई घरबाट निकालेर सडकमा राखी त्यो घर लिलामी गर्ने ?
कसैले ऋण लिएर घर बनाएको रहेछ, ऋण लिने व्यक्तिको अत्यावश्यक सेवा प्रवाह गर्दागर्दै कोभिडको कारण मृत्यू भयो, गम्भीर स्वास्थ्य समस्या आएर थप काम गर्न वा कमाउन नसक्ने भयो भने त्यस्तो व्यक्तिको परिवारलाई घरबाट निकालेर सडकमा राखी त्यो घर लिलामी गर्ने ?
भारतका व्यवसायी रतन टाटा आफ्ना कर्मचारीको परिवारलाई राहत दिन जसरी उदार भावनाले प्रस्तुत भए, त्यसरी नै नेपाल सरकारले पनि अत्यावश्यक सेवा प्रवाह गर्ने कर्मचारीलाई हतोत्साही हुन नदिन सबैलाई हौसलास्वरुप पुरस्कृत गर्न सक्नुपर्छ । यो महामारीको बेलामा अग्रभागमा बसेर अत्यावश्यक सेवा प्रवाह गर्नेहरुलाई सम्बन्धित निकायको प्रमुखहरु, जस्तै प्रहरी प्रमुख, स्वास्थ्य प्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आदिलाई मान पदवीले सम्मान गर्ने परिपटि अविलम्व निर्माण गर्नुपर्छ ।
त्यस्तै, कर्मचारीलाई दैनिक भत्ताको व्यवस्था, जोखिमको मुल्यांकन, ग्रेड वढुवा अवसर, आश्रित परिवारलाई अल्पकालिन र दिर्घकालिन राहतको प्याकेज तत्काल ल्याउनु पर्ने देखिन्छ । सरकार अन्तर्गत नरहेको जस्तै प्राइभेट बैंक तथा वित्तीय संस्था, अस्पताल, यातायात लगायतका क्षेत्रमा काम गर्नेलाई पनि सम्बन्धित निकायले कर्मचारीको मनोवल उच्च राख्न राहतका आर्थिक प्याकेज ल्याउनुपर्ने हुन्छ । साथै कोरोना लागेको खण्डमा फ्रन्टमा बस्ने सबैलाई अनिवार्य औषधी उपचार, अक्सीजन सिलिन्डरको व्यवस्था र छुट्टै स्पेसल उपचारको व्यवस्था गर्नुपर्ने देखिन्छ ।
आजको दिनमा बैंक र वित्तीय कार्यालय खुल्लै रहेको, नागरिकको प्रत्यक्ष सरोकार पैसा भएको र उक्त कारणले सेवाग्राहीको भिड लाग्ने गरेको र यहाँबाट नै कोरोना भाइरस सर्ने उच्च जोखिम रहेको छ। दैनिक एक जनाजसो बैंक तथा वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारी र उसको परिवारको मुत्यु भइरहेको समाचार पत्रपत्रिका, अनलाईन समाचार, सामाजिक सन्जालहरुबाट प्रवाह भइरहेको छ । यस्तो बेलामा अत्यावश्यक सेवा अन्तर्गत सेवा प्रवाह गर्ने (बैंक तथा वित्तीय संस्थामा कार्यरत) करिब एकलाख कर्मचारी र आश्रित परिवारप्रति कस्तो मानसिक प्रभाव पर्ला ? कुन मनोभावनाले र प्रेशरमा काम गर्नुपर्ला ? त्यो सम्बन्धित निकायले किन नसोचेको ? कुनै पनि कर्मचारीको लागि आफूले काम गर्ने क्षेत्र भनेको कर्म क्षेत्र हो, उसले जिम्मेवारीको काम गर्नुपर्छ । त्यो उसको दायित्व र धर्म हो भने नीति निर्माण र व्यवस्थापक भएर बसेका माथिल्लो तहकाले पनि काम गर, काम गर मात्र नभनी काम गर्ने कर्मचारीले कस्तो वातावरण र जोखिममा काम गरेका छन् ? आजको अवस्था के छ ? कर्मचारीमा मानसिक विचलन त आएको छैन ? आफ्ना संस्थाको लागि मृत्यूसँग नडराई नियमित कार्यालय आएका कर्मचारीको दैनिक रुपमा हाजिर मात्र नहेरी यदि उनीहरुलाई भोलिको दिनमा केही भइहाल्यो भने सम्बन्धित व्यक्ति र उसको आश्रित परिवारलाई कसरी व्यवस्थापन गर्ने भन्ने सोच्न ढिला भइसकेको छ ।
भोलिका दिनमा यति जना बैंकरलाई कोरोना लाग्यो, उति जनालाई लाग्यो, आज यति मरे भन्ने एकोहोरो समाचार मात्र नपढी बैंक तथा वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारी र आश्रित परिवारलाई यस्तो अत्यावश्यक सेवामा खटिएकोले प्रोत्साहनस्वरुप यो सुविधा दिइयो, यसरी, पुरस्कृत गरियो, आश्रित परिवारको लागि यस्तो व्यवस्था गरियो, निजको भविष्यको नोकरी अवधिसम्मको सेवा सुविधा दिइयो वा निजको परिवारबाट योग्यता अनुसार सदस्यलाई नोकरी दिइयो भन्ने कुरा पनि आगामी दिनमा समाचारमा हामीले पढ्न पाउनै पर्छ ।
यो बेला राष्ट्र बैंकले पनि आफ्नो उपस्थिति देखाउनु पर्छ । निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुलाई मात्रै भार नपर्ने गरि कर छुट दिएर भएपनि र सामाजिक उत्तरदायित्य भन्दै अलि खुला मनले तमाम कर्मचारी र आश्रित परिवारप्रति तत्काल केही उत्प्रेरणाका आर्थिक प्याकेज ल्याउनु पर्ने देखिन्छ । राष्ट्र बैंकका गभर्नरज्यूको यसमा छिट्टै ध्यान जानु जरुरी छ ।
नेपाल रास्ट्र बैंक पनि अरु बेला आफू जिम्मेवार निकाय र नियामक निकाय हो भनेर हरेक काममा सहभागी हुने गरेको छ । यो बेला राष्ट्र बैंकले पनि आफ्नो उपस्थिति देखाउनु पर्छ । निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुलाई मात्रै भार नपर्ने गरि कर छुट दिएर भएपनि र सामाजिक उत्तरदायित्य भन्दै अलि खुला मनले तमाम कर्मचारी र आश्रित परिवारप्रति तत्काल केही उत्प्रेरणाका आर्थिक प्याकेज ल्याउनु पर्ने देखिन्छ । राष्ट्र बैंकका गभर्नरज्यूको यसमा छिट्टै ध्यान जानु जरुरी छ ।
कोरोनाको कारणले देशको अर्थतन्त्र धेरै पछाडि परिसकेको छ । तर, हामी सकारात्मक सोचौं । भोलिका दिनमा अवश्य नै अर्थतन्त्र तंग्रिने छ । स्कुलहरु फेरि खुल्नेछन् । विद्यार्थीले फेरि पढ्न पाउने छन् । कर्मचारीहरु कार्यालय जान पाउने छन् । व्यापारीले फेरि निर्धक्क भएर व्यापार व्यवसाय गर्न पाउने छन् । हामी आशावादी बनौं र बन्नै पर्छ ।
तर, अत्यावश्यक सेवामा संलग्न भएर अत्यावश्यक सेवा प्रवाह गरिरहेका व्यक्ति, उनीहरुको आश्रित परिवारको बारेमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक जस्ता नियामक निकाय र सम्बन्धित संस्थाले बेलैमा ध्यान दिएर केही प्याकेज ल्याइएन भने अर्काे गम्भीर समस्या आउने देखिन्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.
अनिवार्य लागू हुनु पर्दछ ।