गोरखा र चितवनका स्वास्थ्य केन्द्रलाई लक्ष्मण बाबु ट्रष्टद्धारा स्वास्थ्य साम्रग्री सहयाेग

  २०७८ जेठ ११ गते १५:४७     विकासन्युज

काठमाडौं । लक्ष्मण बाबु मेमोरियल ट्रष्टले गोरखा र चितवनका ग्रामीण भेगका स्वास्थ्य केन्द्रलाई ८ थान अक्सिजन कन्सेन्ट्रेक्टर उपलब्ध गराएको छ ।

सामाजिक उत्तरदायित्व अर्नतगत जिल्लाका ग्रामिण भेगमा संचालित स्वास्थ्य सेवालाई संस्थाले उक्त सामाग्री उपलब्ध गराएको हो ।

ट्रष्टले मनकामना हेल्थ पोष्टलाई १, घैरुङग अस्थायी कोभिड अस्पताललाई २, बुंगकोट हेल्थ पोष्टलाई १, माई मनकामना सहकारी अस्पताललाई १, आइसोलेसन सेन्टर अफ इच्छाकामना ग्रामीण मेट्रोपोलिटनलाई २ र मुग्लिन हाइवे अस्पताललाई १ थान उक्त सामाग्री उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.