नेपालमा मंगलबार देखिएको कोरोनाको नयाँ भेरियन्ट सबै उमेर समूहको लागि जाेखिमपुर्ण

  २०७८ जेठ ५ गते ८:५२     विकासन्युज

काठमाडौं । नेपालमा मंगलबार पुष्टि भएको कोरोनाभाइरसको नयाँ भेरियन्ट सबै उमेर समुहमा धेरै संक्रामक र जोखिमपुर्ण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको जानकारी दिएको थियो ।

‘हाल पत्ता लागेको भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपुर्ण रहेको अध्यनहरुबाट पाइएको छ । त्यसैले संक्रमण रोक्न हामी सबै सचेत र जिम्मेवारी बनी जनस्वास्थ्यका मापदण्डअरु पालना गर्न गराउन सबैलाई अपिल गर्दछौं,’ विज्ञप्तीमा उल्लेख छ ।

यस नयाँ भेरियन्टलाई इण्डियन भेरियन्टको भनिएको छ । विश्व स्वास्थ्य संगठनले गएको मे १० मा यस इण्डियन भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनि घोषणा गरिसकेको छ ।

मन्त्रालयका अनुसार देशका विभिन्न भागबाट गएको हप्ता संकलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी मंगलबार प्राप्त नतिजाअनुसार ९७ प्रतिशतमा (३४ वटामा) इण्डियन भेरियन्ट बी १६१७२ र ३ प्रतिशतमा युके भेरियन्ट बी १६१७१ पुष्टि भएको छ ।

योसँगैं नेपालमा कोरोनाभाइरसको तीन किसिमको भेरियन्टको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.