बोलन्याथलीले दियो १३ थान अक्सिजन सिलिण्डर

  २०७८ जेठ ४ गते १९:३८     विकासन्युज

फाइल फोटो

डोटी । गैरसरकारी संस्था बोलन्याथलीले आज जिल्ला अस्पताल अछामलाई १३ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । कोरोना सङ्क्रमितलाई अक्सिजन नभएर समस्या भइरहेका समयमा उक्त संस्थाको अछाम युनिटको सहयोगमा अक्सिजन हस्तान्तरण गरिएको हो ।

उक्त संस्थाले सञ्चालन गरेको “प्राणका लागि पाँच सय” अभियानबाट सङ्कलित रकमबाट अक्सिजन सिलिण्डर रिफिल गरी हस्तान्तरण गरिएको बोलन्याथली अछामका संयोजक सुशील भण्डारीले जानकारी दिए ।

अस्पतालमा भरीएका अक्सिजन सिलिन्डर प्राप्त भएपछि यहाँका कोरोना सङ्क्रमितलाई उपचारमा निकै राहत पुग्ने जिल्ला अस्पताल अछामका मेडिकल सुपरिटेन्डेन्ट डा अतुल भारद्वाजले बताए । उनले भने, ‘अक्सिजन नहुँदा कोरोना सङ्क्रमितको उपचारमा निकै सहज भएको थियो, बोलन्याथलीले १३ वटा उपलब्ध गराएपछि अब सहज हुँने छ ।’

अक्सिजन नहुँदा कोरोना सङ्क्रमितको उपचारमा समस्या भएको जानकारी पाएपछि प्रदेशका नौ वटै जिल्ला अस्पतालमा आफुले सक्ने जति अक्किजनको सहयोग गरेको बोलन्याथलीका सुदूरपश्चिम संयोजक तथा अभियानकर्मी यादव जोशीले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.