थप ६ हजार ८९१ सक्रमित निको भए, ७ लाख बढीले लगाए दोश्रो खोप

  २०७८ जेठ ४ गते १७:५१     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ८९१ जना कारोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै ३ लाख ५२ हजार ४१४ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ८ हजार २०३ जनामा कोरोना पुष्टि भएको छ । २० हजार ९७९ जनाको परिक्षण गर्दा सो मात्रामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १९३ जना संक्रमितको भने मृत्यु भएको छ । नेपाली सेनाद्धारा विभिन्न मितिमा शव व्यवस्थापन गरेको समेत गरी १९३ जनाको मृत्यु भएको हो ।

साथै, हालसम्म २१ लाख १३ हजार ८० जनाले पहिलो मात्राको खोप लगाएका छन् भने ७ लाख २८ हजार २९६ जनाले दोश्रो मात्राको खोप लगाई सकेका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.