सेयर धितो कर्जामा कडाई, अब ऋण लिन १८० दिनको औसत मूल्य गणना गरिने

  २०७८ जेठ ४ गते १६:५६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयरधितो कर्जामा कडाई गरेको छ । बैंकले आज(जेठ ४ गते) चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई सेयर धिताेमा कर्जा दिँदा १८० दिनको औसत मूल्य गणना गर्ने व्यवस्था मिलाउन निर्देशन दिएकाे हाे ।

यसअघि बैंक तथा वित्तीय संस्थाहरूले १२० दिनको औसत मूल्य गणना गरी सेयर कर्जा दिइरहेका थिए । नयाँ व्यवस्थासँगै अब बैंक तथा वित्तीय संस्थाहरुले लगानीकर्तालाई सेयर धितो कर्जा दिँदा १८० दिनको औसत मूल्य गणना गरी सेयर मूल्यको ७० प्रतिशतसम्म कर्जा दिन पाउने भएका छन् ।

राष्ट्र बैंकले सेयर मूल्यांकनकाे समय बढाए पनि सेयर धितोमा राखेर ७० प्रतिशतसम्म ऋण लिन पाइने व्यवस्थालाई भने निरन्तरता दिइएको छ ।

‘बैंक तथा वितीय संस्थाहरुले प्रवाह गर्ने कर्जामध्ये सेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको सुरक्षण बापत् सेयरको मूल्याङ्कन गर्दा पछिल्लो १८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा प्रचलित बजार मूल्य मध्ये जुन कम हुन्छ सोको आधारमा गणना गर्ने व्यवस्था मिलाई उक्त मूल्यको ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्थालाई निरन्तरता दिइएको छ ।’, राष्ट्र बैंककाे मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.