महिना दिनमै बैंकहरुको कर्जा लगानी ३८ अर्ब रुपैयाँले बढ्यो, निक्षेप साढे ३९ खर्ब नाघ्यो

  २०७८ जेठ ४ गते १६:२२     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुबैमा वृद्धि भएको छ । नेपाल बैंकर्स संघका अनुसार गत एक महिनाको तुलनामा बैंकहरुको निक्षेप संकलन ११ अर्ब र कर्जा लगानी ३८ अर्ब रुपैयाँले बढेको हो ।

यससँगै बैंकहरुले गत बैशाख ३१ गतेसम्ममा ३९ खर्ब ५५ अर्ब रुपैयाँ संकलन गरेका छन् । जुन गत चैत ३१ गतेसम्मकाे तुलनामा ११ अर्ब रूपैयाँले बढी हाे । बैंकहरूले साे अवधिमा ३९ खर्ब ४४ अर्ब रुपैयाँ मात्रै संकलन गरेका थिए ।

त्यस्तै, बैंकहरुले बैशाख ३१ गतेसम्ममा ३६ खर्ब ११ अर्ब रुपैयाँ कर्जा लगानी गर्न सफल भएका छन् । जुन एक महिनाअघि ३५ खर्ब ७३ अर्ब रुपैयाँ रहेको संघले जानकारी गराएको छ ।

त्यसैगरी, बैंकहरुले गत बैशाख २४ गतेसम्ममा ३९ खर्ब ३३ अर्ब रुपैयाँ संकलन गरी ३६ खर्ब ९ अर्ब रुपैयाँ कर्जा लगानी गर्न सफल भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.