राष्ट्र बैंकको विश्लेषणः दोस्रो लहर झन खतरनाक, ४ प्रतिशत आर्थिक वृद्धि गर्न कठीन

  २०७८ जेठ ४ गते १६:१६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ४.० प्रतिशतले वृद्धि हुन कठीन रहेकाे बताएकाे छ । राष्ट्र बैंकले आज मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै आर्थिक वृद्धिदर ४ प्रतिशत हुनेमा शंका गरेकाे हाे ।

चालुआर्थिक वर्षमा ४.० प्रतिशतले विस्तार हुने केन्द्रीय तथ्याङ्क विभागको प्रारम्भिक अनुमानमा राष्ट्र बैंकले यस्ताे शंका गरेकाे हाे । आर्थिक वर्ष २०७६/७७ मा नेपालकोअर्थतन्त्र २.१ प्रतिशतले संकुचन भएको थियो । कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असरसम्बन्धी राष्ट्र बैंकले २०७८ वैशाख महिनाको ५ देखि १४ गतेसम्म सम्पन्न गरेको सर्वेक्षण अनुसार २०७७ असारको तुलनामा आर्थिक गतिविधिमा उल्लेख्य सुधार भने आएको देखिएको बताएको छ ।

२०७७ असारमा गरिएको सर्वेक्षणले ४.१ प्रतिशत उद्योग/व्यवसाय मात्र पूर्ण सञ्चालनमा रहेको देखाएकोमा २०७७ मंसिर तथा तथा २०७८ वैशाखमा गरिएको पुनरावृत्ति सर्वेक्षणले क्रमशः ५४ प्रतिशत तथा ८१.२ प्रतिशत उद्योग/व्यवसाय पूर्ण रूपमा सञ्चालनमा रहेको देखाएको छ ।

यद्यपि कोभिडको दोस्रो लहरको संक्रमणसँगै व्यापार/व्यवसायहरु पुनः प्रभावित भएका छन्। आर्थिक वर्ष २०७७/७८ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकोमा नौ महिनाको औसत उपभोक्ता मुद्रास्फीति ३.४६ प्रतिशत रहेको छ । वार्षिक विन्दुगत आधारमा २०७७ चैतमा उपभोक्ता मुद्रास्फीति ३.१० प्रतिशत रहेको छ ।

चैतसम्म विप्रेषण सन्तोषजनक रहेपनि विश्वब्यापी रुपमा कोभिड-१९ को दोस्रो लहर फैलिएको र एक बर्षभन्दा बढी समयसम्म रोजगारीमा जाने नेपालीको संख्या नबढेकोले रेमिट्यान्स आयात प्रभावित हुने राष्ट्र बैंकको अनुमान छ । राष्ट्र बैंकले पहिलाे लहरकाे काेराेनाभन्दा दाेस्राे लहरले थप समस्या पार्ने अनुमान गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.