शिवम् सिमेन्टद्वारा दुई अस्पताललाई अक्सिजन सिलिण्डरसहित विभिन्न स्वास्थ्य सामाग्री सहयाेग

  २०७८ जेठ ४ गते १५:०६     विकासन्युज

काठमाडौं । शिवम् सिमेन्टले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हटौंडा अस्पताललाई १९० थान अक्सिजन सिलिण्डर सहित विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

कम्पनीले वाग्मती प्रदेशको मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हटौंडा अस्पताललाई १२० थान भरिएका तथा ७० थान खाली अक्सिजनका सिलिण्डर गरी जम्मा १९० थान अक्सिजन सहित ३० थान मेडिकल बेड, ५ थान सिसियु बेड तथा ५ थान उक्त बेडहरुमा जडान गरिने मेडिकल मोनिटरहरु शिवम् सिमेन्ट्सद्वारा उक्त अस्पताललाई सहयाेग स्वरुप हस्तानतरण गरेको हो ।

कोरोना भाईरसको दोस्रो भेरियन्टको व्यापक रुपमा प्रभाव परिरहेको यस विषम् परिस्थितीमा देशका विभिन्न अस्पतालहरुमा अक्सिजन, बेड तथा विभिन्न स्वास्थ्य सामाग्री अभाव भईरहको परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सामाग्रीहरु सहयाेग गरेकाे जनाएकाे छ ।

सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.