नागरिक लगानी कोषको नाफा ५६ प्रतिशतले बढ्यो, जगेडामा १३ अर्ब २६ करोड रुपैयाँ सञ्चित

  २०७८ जेठ ४ गते १३:११     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषले खुद नाफा ५६.०४ प्रतिशतले बढाएको छ । कोषले सार्वजनिक गरेको चैतसम्मको वित्तीय विवरण अनुसार एक वर्षको अवधिमा कोषको खुद नाफा ५६.०४ प्रतिशतले बढेको हो ।

गत आवको चैत मसान्तमा ३७ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको कोषले चालु आर्थिक वर्षको सो अवधिसम्ममा ५९ करोड २० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो ।

त्यस्तै, कोषको खुद आम्दानी ३७ प्रतिशतले बढेर ४ अर्ब ६७ करोड रुपैयाँ नाघेको छ । जुन अघिल्लो वर्षको चैत मसान्तसम्ममा ३ अर्ब ४१ करोड रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दनी घटेर प्रतिकित्ता २६.३१ रुपैयाँमा झरेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ ५२ रुपैयाँले घटेर १५६ रुपैयाँ कायम भएको छ ।

कोषको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषको रकम ८३ प्रतिशतले बढेर १३ अर्ब २६ करोड रुपैयाँ सञ्चित रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.