मंगलबार १४ अन्तराष्ट्रिय उडान तथा अवतरण

  २०७८ जेठ ४ गते ११:१४     विकासन्युज

काठमाडौं । मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १४ वटा उडान तथा अवतरण हुने भएको छ । गत बैशाख २३ गतेदेखि अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि मंगलबार सबैभन्दा धेरै उडान हुन लागेको हो ।

विमानस्थल कार्यालयका अनुसार मंगलबार नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले चार्टर्ड उडान गर्दैछन् । नेपालमा रोकिएका भारतीय नागरिकलाई साउदी अरेबिया लैजानका लागि हिमालय एयरलाइन्सले तीन तथा निगमले एक उद्धार चार्टर्ड उडान रहेको छ । यस्तै मंगलबार नै निगमले साउदी अरेबियामा समेत उद्धार उडान गर्दैछ ।

नेपाल एयरलाइन्सको चार्टर कार्गो बिमान मध्यान्ह बेइजिङबाट काठमाडौं आउँदै छ भने हिमालय एयरलाइन्सको एक कार्गो बिमान चिनको कुन्मिङबाट विहान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । त्यस्तै मंगलबार नै हिमालय एयरलाइन्सले बेइजिङमा २ वटा कार्गाे उडान गर्दैछ ।

रसियन एयरलाइन्सको चार्टर विमानले मस्कोबाट काठमाडौं आउने अनुमती पाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

गत बैशाख २३ गतेदेखि बन्द भएको अन्तराष्ट्रिय उडान आगामी जेठ १७ गतेसम्म बन्द गरिएको छ । नियमित रुपमा हुने अन्तराािष्ट्रय उडान बन्द भएपनि सरकारले चार्टर्ड, उद्धार तथा कार्गाे उडानलाई अनुमति दिदैँ आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.