लुम्बिनी जनरल इन्स्योरेन्स साधारणसभामा जाँदै, बुक क्लोज कहिले ?

  २०७८ जेठ ३ गते १२:४६     विकासन्युज

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी आगामी जेठ २८ गते वार्षिक साधारणसभामा जाँदै छ । कम्पनीको १६औं वार्षिक साधारणसभा सो दिन अपरान्ह ४ बजे भर्च्युअल माध्यमबाट हुने भएको छ ।

सभामा कम्पनीले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । साथै, उक्त बोनस सेयरमा लाग्ने कर समेत गरी ५ प्रतिशत अर्थात ५ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको नगद लाभांशलाई सभाले स्वीकृत गर्ने छ । यससँगै सभाले पारित गरेपछि सेयरधनीले कूल १० प्रतिशत लाभांश पाउने छन् ।

उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीको आगामी जेठ १४ गते एक दिन बुक क्लोज हुने भएको छ । यससँगै जेठ १३ गतेसम्म कायम सेयरधनीले साे मात्राकाे लाभांश पाउनछन् । यसकाे मतलब जेठ १४ गते कम्पनीकाे सेयर बेच्नेले उक्त लाभांश पाउनेछन् भने किन्नेले पाउँदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.