सरकारले कोरोना महामारीमै बढायो डिजेल र पेट्रोलको मूल्य, अब प्रतिलिटर १२३ रुपैयाँ तिर्नु पर्ने

  २०७८ जेठ २ गते २०:३७     विकासन्युज

काठमाडाैं । सरकारले कोरोना भाइरसको महामारीमै पेट्रोल र डिजलेको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको हाे ।

निगमका अनुसार आइतबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाकाे मूल्य प्रतिलिटर ७८ कायम हुने भएकाे छ ।

आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने यथावत राखेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.