काठमाडौं महानगरका विद्यालयले जेठ २० भित्र वार्षिक परीक्षा लिइसक्नुपर्ने

  २०७८ जेठ २ गते १६:५९     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र सञ्चालन भएका विद्यालयले जेठ २० गतेभित्र वार्षिक परीक्षा सम्पन्न गरिसक्नुपर्ने भएको छ ।

महानगरभित्रका सबै विद्यालयले शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा उपयुक्त मूल्यांकन प्रणाली अपनाएर परीक्षा लिन महानगर अन्तरगतको शिक्षा विभागले निर्देशन दिएको हो ।

शिक्षा विभागले सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘महानगर भित्र सञ्चालमा रहेका सबै विद्यालयहरुले शैक्षिक सत्र २०७७ को वार्षिक मूल्यांकलन पाठ्यक्रमले व्यवस्था गरे बमोजिम विद्यालय अनुकूल उपयुक्त मूल्यांकन प्रक्रिया (अनलाइन परीक्षा/अफलाइन परीक्षा/यसै शैक्षिक सत्रमा सञ्चालित टर्मिनल परीक्षा/टेलिफोन/निरन्तर विद्यार्थी मूल्यांकन/इ–मेलबाट प्रश्न पठाएर वा अन्य उपयुक्र ढार्चा अपनाई जेठ २० गतेसम्म सम्पन्न गरी जेष्ठको मसान्तसम्म नतिजा प्रकाशन गर्ने र र आषाढ पहिलो हप्ताबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउनुपर्नेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.