आईपीओ जारी गर्ने प्रस्तावसहित सानिमा लाईफ इन्स्योरेन्सले डाक्यो एजीएम

  २०७८ जेठ २ गते १२:४२     विकासन्युज

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले आगामी जेठ २३ गते वार्षिक साधारणसभा (एजीएम) आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको कमलादीमा रहेको कम्पनीको प्रधान कार्यालयमा आफ्नो तेश्रो वार्षिक साधारणसभामा डाकेको हो ।

उक्त सभा अनलाइन अर्थात भर्च्युअल प्रविधिमार्फत हुने भएको छ । र, सभामा सहभागी हुने सेयरधनीलाई मिटिङ्गको आईडी तथा पासकोड उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

उक्त सभाले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.