सवारी साधनको किस्ता अब खल्तीबाटै, भाग्यशालीले ५ हजार रूपैयाँ जित्ने

  २०७८ जेठ २ गते ९:२४     विकासन्युज

काठमाडौं । सवारी साधन खरिद गर्ने ग्राहकले अटोलोनको भुक्तानी खल्ती एपबाट तिर्न सक्ने भएका छन् ।

ग्राहकले स्याकार कम्पनीबाट होण्डा, हुलास इन्भेस्टमेन्टबाट बजाज र एमएडब्ल्यु इन्भेस्टमेन्टबाट यामाहाका सवारी साधन खरिद गर्दा किस्ता भुक्तानी खल्ती मार्फत गर्न पाउनेछन् । यसरी किस्ता भुक्तानी खल्ती मार्फत गर्दा उनीहरु खल्ती इएमआइ बचत अभियानमा पनि सहभागी हुन पाउने छन् ।

खल्तीबाट किस्ता तिर्ने तीन जना भाग्यशाली ग्राहकले जनही ५ हजार रूपैयाँ नगद जित्ने छन् ।

कम्पनीकाे अनुसार यस योजनामा सहभागी हुन चाहने ग्राहकले मोवाइलमा ग्राहक पहिचान (केवाइसी) भेरिफाइ गरेको हुनुपर्नेछ । यो योजना जेठ १८ सम्म लागू हनेछ ।

खल्तीबाट सवारी साधन ऋणको किस्ता तिर्न खल्तीको होमस्क्रनमा रहेको इएमआइमा क्लिक गर्नुपर्छ र त्यहाँ रहेको सवारी साधनको ऋण प्रदायक कम्पनी छनौट गरी सजिलै भुक्तानी गर्न सकिन्छ । ग्राहकले सवारी साधनको किस्ता खल्ती वालेटवाट वा खल्ती लिंक गरेको बैंक खाताबाट सिधै भुक्तानी गर्न सक्ने छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.