५३ ‌औं वर्षमा बीमा समिती, भुक्तानीलाई अझ सरल र छिटो बनाउने अध्यक्षकाे प्रतिबद्धता

  २०७८ जेठ १ गते १२:०२     विकासन्युज

काठमाडौं ।  बीमा क्षेत्रको नियामक निकाय बीमा समिती ५३ औं वर्षमा प्रवेश गरेको छ ।

यस उपलक्ष्यमा समितीका अध्यक्ष सूर्य प्रसाद सिलवालले संचालक समितीका सदस्यहरु, पूर्व अध्यक्षहरु, कर्मचारीहरु, बीमितहरु, बीमकहरु, सर्भेयरहरु र अभिकर्ताहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष सिलवालले नेपालमा रहेको बीमा व्यवसायलाई विकसित, नियमित र व्यवस्थित बनाउने उदेश्यले स्थापित संस्थाको अध्यक्षको नाताले बीमा व्यवसायलाई स्वच्छ र भरपर्दो बनाउँदै आगामी दिनमा न्युन आए भएका वर्गलाई बीमाको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्तै उनले कोरोनाको यस विषमा परिस्थितीमा मानव जिवनको असल साथीको रुपमा राहत प्रदान गर्ने पनि बताएका छन् ।  आगामी दिनमा बीमा भुक्तानीलाई अझ सरल, छिटो र छरितो बनाउँदै लैजाने बताए ।

कोरोना महामारीको कारण सरकारद्वारा जारी निषेधाज्ञाको पालना गर्दै समितीले यस वर्ष कुनै पनि औपचारिक कार्यक्रम नगर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.