सेयर बजारमा नलागेको भए म अहिले सडकमा हुन्थें

  २०७८ जेठ १ गते १०:०५     छोटेलाल रौनियार

काठमाडौं । २०३० सालको कुरा हो । सायद म करिब १५ वर्षको थिएँ । र, कक्षा १० मा पढ्दै थिएँ । म ‘क्विज कन्टेक्स्ट’ र स्पेलिङ्ग कन्टेक्स्टमा एकदमै इन्ट्रेष्टेड थिएँ । र, कतिपय प्रतियोगितामा भाग पनि लिन्थेँ । त्यो बेला शिक्षकहरुले ब्याल्क बोर्डमा दिनभर देशविदेशमा भएका घटनाहरु टाँगिदिनुहुन्थ्यो । र, हामी ध्यान दिएर पढ्थ्यौं ।

त्यही क्रममा एकदिन आइल्यान्डको राजधानी रेक्जाभिकमा वर्ल्ड टेष्ट क्यापियन टुरनामेन्ट भइरहेको भन्ने पढियो । योङ्गस्टार भर्सेस् एक्पेरिएन्स्ड । जसमा अमेरिकाको १५ वर्षको केटोले च्यालेन्ज गरेको थियो । र, उनले ५० वर्षकोलाई हराएर जिते हासिल गरे पनि । आफु पनि १५ वर्षकै उमेरको भएर होला मलाई त्यसमा खुब चाख लागेको थियो ।

अर्को, सेयर बजारसँग सम्बन्धित थियो । जुन म कहिल्यै पनि बिर्सिन्न । त्यो बेलामा मलाई सेयर बजारका एबीसी पनि थाहा थिएन । थाहा हुने कुरा पनि भएन । त्यतिखेर जापानमा सामान्य इकोनोमिक क्राइसिस थियो । क्राइसिस हुँदा सरकारले आफ्नो जनताहरुसँग बचत भएको पैसा सेयर बजारमा लगाउनुस् भनेर अपिल गरेको थियो । सरकारले इकोनोमी क्राइसिस्हरु हटाउनको लागि गृहिणी, विद्यार्थी, कर्मचारी, व्यवसायीहरु लगायत बचत भएको पैसा सेयर बजारमा लगाउन आग्रह गरेको थियो ।

त्यहाँको जनताहरु एकदम लोयल हुन्छन् । र, उनीहरुले सबैले आफ्नो बचतको पैसाहरु बजारमा लगानी गरे । त्यसको फलस्वरुप टोयटा, निसान, नेशनल प्यानासोनिक, जस्ता जति कम्पनी छन् जापानका आज यो लेभलमा पुग्न सफल भएका छन् । जुन जनताको लगानीले गर्दा हो ।

यसलाई नेपालमा कसरी रिलेट गर्छु भने । आजभन्दा करिब साढे ५ वर्षभन्दा अगाडि म कमलादीमा रहेको एक ब्रोकरकोमा काम गर्थें । एकदिन म त्यहाँ गइरहेको थिएँ । कमलादी गणेशथानतिर एकदमै लामो लाइन देखेँ । र मलाई के को लाइन रहेछ भनेर बुझ्न मन लाग्यो र हेर्न गएँ । र, अचम्म लाग्यो । त्यहाँ आईपीओ भर्नको लागि त्यत्रो लाइन रहेछ । त्यो पनि हाइड्रोको । त्यो क्रममा मैले ४/५ जना महिलाहरुलाई भेटेँ । र एक महिलालाई सोधेँ ‘दिदी तपाईं कहाँबाट आउनुभएको ?’ भन्दा उहाँले धादिङबाट आएको आईपीओ भर्न भन्नुभयो । अनि कति रुपैयाँको भर्नुहुन्छ भनेर सोध्दा उहाँले १० देखि १५ हजार रुपैयाँसम्मको भन्नु भयो । त्यसपछि मलाईं उहाँले भन्नुभएको कुराले छोयो ।

यससँगै मैले यी कुरालाई नेपालको पुँजीबजारसँग रिलेट गरेर हेर्दा के लाग्यो भने अहिले नेपालमा धेरै कामहरु छैनन् । खासगरी २०५१/२०५२ सालदेखि माओवादी इरा भयो । त्यसपछि धेरै उद्योगधन्दा बन्द भयो । कार्पेट गार्मेन्टहरु पनि ६०० वटा जति बन्द भयो । त्यसमा मेरो पनि पर्यो । म गार्मेन्टमा पनि काम गर्थें । करिब ३५ वर्षजति त्यहाँ काम गरेँ । मेरो श्रीमतीजीले पनि २८ वर्षसम्म उक्त गार्मेन्टको प्रडक्सन डिपार्टमेन्टमा रहेका काम गर्नुभयो । युनियनको समस्याले हाम्रो गार्मेन्ट बन्द भयो । बन्द भएपछि ६ देखि ८ महिनासम्म खाली बसेँ । त्यो अवधिमा लण्डन गएँ र फर्केर आएँ ।

जब मेरो गार्मेन्ट फ्याक्ट्री बन्द भयो । मलाईं पैसाको अभाव भयो । किनभने मैले जबरजस्ती बन्द गरेको थिएँ । त्यसपछि मलाईं के गरौं गरौं भयो । त्यसपछि विद्यार्थी हुँदा सेयर बजारमा लगानी गरेको सम्झना आयो । २०३२/०३५ सालमा म शंकरदेव क्याम्पसमा बिकम पढिरहेको थिएँ । मेरो एक जना पुरानो साथी हुनुहुन्थ्यो प्रमोद धिताल । जो सेयर मार्केटमा काम गर्नुहुन्थ्यो । उहाँसँग काम गर्न जान्दा जान्दा म बजारमा लाग्ने अवसर पाएँको थिएँ । त्यो बेलामा बुबाआमाले दिनुभएको पकेट मनिहरु सेभिङ्ग गरेर सेयर बजारमा लगानी गरेको थिएँ । त्यहि पैसाहरु सेयर मार्केटमा लगानी गरेको थिएँ । पहिलो लगानी नै अहिलेको नेपाल इन्भेष्टमेन्ट बैंकमा गरेको थिएँ । त्यस्तै, एभरेष्ट एन्स्योरेन्स र बङ्गलादेश बैंकको सेयर भरेको थिएँ ।

त्यो सेयर मैले आजभन्दा ११ वर्षअघि अर्थात जब मलाईं पैसाको खाँचो परेको थियो । त्यो बेला निकालेर हेर्दा डेढ करोड रुपैयाँ बराबरको सेयर भईसकेको थियो । जबकी मैले ४ देखि ५ लाख रुपैयाँ जतिको आईपीओ भरेको थिएँ ।

अनि मलाई बढो अचम्म लाग्यो । याे क्षेत्र त अचम्मकै रहेछ भनेर त्यो बेलादेखि सेयर मार्केटमा लागे । त्यतिबेला अहिलेको जस्तो अनलाइन मिडियाहरु केहि पनि थिएन । एक दुई जना थिएँ कुन सेयर किन्ने भनेर एसो हात राख्दिन्थे । त्यो हात हाल्देको भरमा हामीले सेयर किन्ने हो । किन कसो भन्ने कुनै कारण नै थिएन । त्यस्तो समय थियो ।

म बजारमा छिर्दा नेप्से परिसूचक ३४० थियो । त्यो बेला माओवादीको सरकार थियो । बाबुराम भट्टराई अर्थमन्त्री हुनुहुन्थ्यो । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल । त्यो बेलामा उहाँले पुँजीबजारलाई जुवाको घर भनिदिनु भयो । ११७५ बाट मार्केट घटेर ३४० बिन्दुमा आईपुगेको थियो । म छिरे ३४० मा । लगानी गरेँ । लगानी गर्दा गर्दा २९२ मा झर्यो । यो अवधिमा मैले ५० लाख बढी रुपैयाँ गुमाईसकेको थिएँ । त्यहि मेला मेरो श्रीमतिजी लण्डनबाट फर्केर नेपाल आउनुभयो । एकदिन कोठामा टिभी हेर्दै चियानास्ता गर्दै थियौं । त्यहिबेला टिभीमा सेयर बजार धरासायी भनेर समाचार आयो । अनि श्रीमतिजीले गार्मेन्ट बन्द गरेर गलत समयमा सेयर बजारमा लाग्नुभएछ, नलाग्नु भन्नुभयो । त्यो बेला सबै रिलेटिभहरुबाट पनि तपाईं सेयर बजारमा नलाग्नु भन्ने जस्ता सुझाव आयो ।

तर मैले ‘एकदिन यस्तो समय आउँछ, जसले पुँजीबजारमा सबैले मेरो नाम चिन्छन् । अहिले सिक्दै छु । म यसलाई राम्रो बनाउनको लागि राम्रो काम गर्छु ।’ भन्ने लाग्यो । र, आफैले ब्यालेन्ससिट मार्फत कम्प्यारेटिभ चार्ट बनाउन थाले । अहिलेको जस्तो मिडिया थिएन । एक्सेल बनाउँन पनि आउँदैन थियो । कम्प्यारेटिभ चार्टबाट सबै निकालेपछि मेरो आइज वाईड भयो । र, त्यसपछि मैले लोन लिएर, घर लोनमा राखेर पनि सेयर बजारमा लगानी गरेँ । त्यो बेलामा सेयर मार्केट डुबेको भएँ म खत्तम हुन्थें । अहिले सडकमा हुन्थें ।

तर, मैले चुनौतिलाई सामना गरेँ । लगानी गर्दै गएँ । फलस्वरुपः के भयो भने ३४० बाट २९२ झरेको बजार त्यसपछि बढ्दै गयो । जति गुमाएको थिएँ त्यो सबै सजिलै रिकभर भयो ।

त्यसैले मैले सेयर बजारमा एउटा राम्रो लेशन पाएको हुनाले त्यसबाट एकदम प्रभावित भएर अहिले सबैलाई सेयर गर्ने गरेको छुँ । सबैलाइ सुझाव दिने गरेकाे छु । त्यसैले, यसमार्फत पनि म के भन्न चाहान्छु भने तपाईं विद्यार्थी, गृहिणी, या जो जे पेशामा आवद्ध हुनुहुन्छ । तपाईंले बचत गर्नुभएकाे रकम सेयर बजारमा लगाउनुहोस् । जसको रिटर्न भविष्यमा अवश्य नै राम्रो पाउनुहुनेछ ।

(एनवाईईएफ काठमाडौं च्यापटरले आयोजना गरेका भर्च्युअल सेसनमा लगानीकर्ता तथा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष रौनियारले राखेका मन्तव्यको सम्पादित अंश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.